आन्दोलन/संघर्ष

ने.क.पा.द्वारा वडाध्यक्ष थापामाथि कालोमोसो दलेर ‘जनकारवाही’

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले विभिन्न आरोप लगाउदै म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिरा बहादुर थापालाई 'जनकारवाही' गरेको छ। वडाध्यक्ष थापालाई ने.क.पा.का कार्यकर्ताहरुले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाएर 'जनकारवाही' गरेको प्राप्त समाचारमा जनाइएको छ। प्राप्त समाचार अनुसार, ..

सिमा सुरक्षा गर्न खटिनुपर्ने ससस्त्र प्रहरी नेताको सुरक्षामा व्यस्त

देशमा हुन सक्ने ससस्त्र बिद्रोह नियन्त्रण गर्न र सिमा सुरक्षाको लागि गठन भएको अर्ध सैन्य बल ससस्त्र प्रहरी राजनीतिक दलका नेताहरुको सुरक्षामा प्रयोग भएका तथ्यहरु सार्वजनिक भएका छन्। सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। सशस्त्र प्रहरी बल मुख्यालयबाट प्राप्त विवरणमा..

पत्रकार शालिकराम पुडासैनीलको आत्महत्याअघिको भिडियोले उब्जाएका प्रश्नहरु : ओम हमाल

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आत्महत्या..

पक्राउ पूर्जी टाँस्न विद्यार्थी नेताको घर पुगेका प्रहरीलाई स्थानीयले लखेटे

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकलाई पक्राउ गर्न उनको घरमा पक्राउ पुर्जी टाँस्न पुगेको प्रहरीलाई स्थानीयले लखेटेका छन् । सोमबार दिउँसो प्रहरी पुर्जी बोकेर पञ्चदेवल विनायक नगरपालिका–२ धाउखानी स्थित बिकको घरमा पुगेको थियो । प्रहरी टोली घरमा पुगेर पुर्जी टाँस्न..

कहाँ पुग्यो पोखरा – ३३ मा ‘अबैध काठ’ बरामदको कारवाही प्रक्रिया !

पोखरा महानगरपालिका ३३ उपल्लो पूड़ी र तल्लो पूड़ीबाट करीब ५/६ सय क्युफिट सालको काठ लुकाएर राखेको अवस्थामा भेटीएको एक हप्ता बढी भएको छ । उक्त काठ एक विशेष सूचनाको आधारमा डीभिजन बन कार्यालय पोखरा बाट गएको टोलीले बरामद गरेको हो ।   उपल्लो पूड़ीटारका केश बहादुर आलेको घर बाट र तल्लो पूडिटारका शंकर अधिकारीको घर छेउको अधिकारीकै बल्क कम्पनीमा..

क्रान्तिकारी माओवादीद्वारा उपनिर्वाचन बहिष्कार गर्ने घोषणा

मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्किारी माओवादी)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन सक्रियरुपमा बहिष्कार गर्ने घोषणा गरेको गरेको छ । महासचिव किरणको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा प्रदेशसभाका र स्थानीय तहका रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको..

नेपाली सेनाका मेजर सिंह लागु औषध ब्राउन सुगरसहित पक्राउ

नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीमा कार्यरत मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् । इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना हेडक्वार्टर छेऊबाट कैलालीको धनगढी घर भएका मेजर सिंहलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको..

लेखक,पत्रकार तथा सांस्कृतिककर्मी थपलिया गिरफ्तार

लेखक,पत्रकार तथा सांस्कृतिककर्मी  खेम थपलिया काठमाण्डौको बागबजारबाट गिरफ्तारीमा परेका छन्। प्रगतिशील लेखक संघ (प्रलेस)सँगै जोडिएको जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया गिरफ्तारीमा परेका हुन्। उनलाई गिरफ्तार गर्न ससस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको बताइएको छ । प्रहरीले उनको कार्यालयमा रहेका..

चलचित्र निर्माता छबि ओझा र नायिका शिल्पा पोखरेललाई प्रहरीले पक्राउ गर्ने

अन्तत: नायिका शिल्पा पोखरेललाई प्रहरीले पक्राउ गर्ने भएको छ।  उच्च अदालत पाटनले नायिका शिल्पा पोख्रेलको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्विकार गरे पछि नायिका पोखरेललाई प्रहरीले पक्राउ गर्ने भएको हो । जिल्ला अदालत काठमाडौंले निर्देशक छबि राज ओझा र नायिका पोख्रेल विरुद्ध बहुविवाहको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्द शिल्पा..

जनपत्रकार संगठन नेपालकी कोषाध्यक्ष चौधरीलाई गिरफ्तार गर्ने असफल प्रयास , पत्रकारहरुको ससक्त प्रतिवादले गिरफ्तारी प्रयास विफल

दाङ। नेपाल पत्रकार महासंघले आयोजना गरेको र महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य लगायत पदाधिकारी सम्मिलित कार्यक्रमबाट बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश अनलाइनका सम्पादक जानकी दहित चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने असफल प्रयास गरेको छ। नेपाल पत्रकार..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro