आर्थिक गतिविधि

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारद्वारा करिब १० अर्ब रुपैयाँ खर्च

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ। महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार, कोरोना महामारी नियन्त्रण..

आफ्नै निर्णयको खिल्ली उडाउँदै सरकारद्वारा विलासी भौतिक संरचना निर्माण र महँगा गाडी तथा फर्निचर खरिद

सरकारले कोभिड–१९ विरुद्ध लड्न अत्यावश्यकबाहेक बाँकी सबै क्षेत्रको खर्च कटौती गर्ने आफ्नै निर्णयको खिल्ली उडाउँदै विलासी भौतिक संरचना निर्माण र महँगा गाडी तथा फर्निचर खरिदमा करोडौं रुपैयाँ खर्च गरिरहेको पाइएको छ । सरकारले संक्रमण रोकथाम र उपचारका लागि बजेट जुटाउन गत चैत २० मा गाडी र फर्निचर खरिदसहित १४ शीर्षकको खर्च रोक्न सबै..

कम्युनिष्ट सरकारको अनुदान रकम करबाट असुल्ने नीति : रासायनिक मलमा कर, कृषि क्षेत्रमा जनशक्ति आधा कटौती,

कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले रासायनिक मलमा अहिलेसम्म कहिल्यै नलागेको भन्सार सुरु गरेको छ । अब किसानले मलमा पाँच प्रतिशत भन्सार तिर्नुपर्नेछ । त्यस्तै बिउबिजनको भन्सार पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ । किसानलाई राहत दिन भनेर सरकारले एकातिर मलमा अनुदान दिँदै..

सरकारले रोक्यो, ६० वर्षमुनिका एकल महिला र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता

बृद्ध तथा असहायलाई भत्ता दिने भनेर दुई तिहाइ बहुमत ल्याएको वर्तमान कम्युनिष्ट सरकारले ६० वर्षमुनिका एकल महिला र ख वर्गका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती गरेको छ। सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गर्ने भन्दै २०७५ असोजमा पारित सामाजिक सुरक्षा ऐन र त्यसलाई लागु गर्न २०७६ चैत्रमा पारित गरिएको सामाजिक..

चार दिनदेखि भोका मलर खेतमै ढले : “हामी गरिबको को छ र ? : जलेश्वरी देवी

घरमा चार दिनदेखि चुलो नबलेपछि सप्तरीको कञ्चनरुप नगरपालिका-५ पथरी रामपुरका मलर सदा मुसहर चिन्तामा डुबेका थिए । सोमबार दिउसो उनले श्रीमती जलेश्वरी देवीसँग अचानक कोदालो र छाता मागे । बेलुकाको खानाका लागि जसरी भए पनि सिदहा (खाद्यान्न) लिएर आउने बाचा गर्दै घरबाट निस्किए । केहीबेरमै बस्तीका एकजनाले मलर नजिकै खेतमा लडेको खबर लिएर आए । एकछिन..

लकडाउनमा नेपाल भित्रिएको भारतीय ट्रकमा अबैध एक करोड १० लाख भारु बरामद, चालक र सहचालक पक्राउ

सिमानाका बन्द गरी लक डाउन चलिरहेका बेला अत्यावश्यक वस्तुको ढुवानीको नाममा नेपाल भित्रिएको एक भारतीय नम्बर प्लेटको ट्रकबाट झन्डै एक करोड १० लाख अबैध भारतीय रुपियाँ बरामद भएको छ। भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले मोरङको रानीबाट एक करोड ९ लाख ७९ हजार ५ सय ३०..

असोज मसान्तसम्म सम्पूर्ण होटलहरु बन्द : सरकारको निर्देशन विपरीत न्यून तलब दिने होटल संघको मजदुरमारा निर्णय

आगामी असोज मसान्तसम्म सम्पूर्ण ठुला होटलहरु बन्द गर्ने निर्णय गरेको होटल संघ नेपालले सरकारको निर्देशन विपरीत मजदुर निष्काशन गर्नेसम्मको निर्णय गरेको छ। संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको आइतबार बैठकले यस्तो निर्णय गरेको हो। गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५०..

सार्वजनिक लेखा समितिद्वारा स्वास्थ्य सामग्री खरिद सम्बन्धि अनियमितताबारे छानबिन शुरु

संघीय संसदको सार्वजनिक लेखा समितिले विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन शुरु गरेको । समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर ७ दिनभित्र खरिदसम्बन्धी कागजात तथा विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमण निण्न्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा..

साना पसल बन्द गरेर खुल्ला गरिएको भाटभटेनी सुपर मार्केट वडाध्यक्षद्वारा बन्द

सर्वसाधारण जनताले संचालन गरेका पसलहरु बन्द गरेर ठुलो लगानी रहेको भाटभटेनी सुपरमार्केट संचालन गर्न दिएको भन्दै चर्को बिरोध भएपछी काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गरिदिएका छन्।   धेरै मानिस  जम्मा हुने भाटभटेनी सुपरमार्केटमा भौतिक दुरी कायम हुन् नसक्ने भएकाले कोरोना भाइरस संक्रमण फैलिन सक्ने..

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गरेर कालो बजारी गरेको आरोपमा प्रहरीले शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। तीन हजार मूल्य पर्ने थर्मल-गनलाई १५ हजार रुपैयाँमा बिक्री गरेको आरोप प्रहरीले लगाएको छ। उनलाई कूटनीतिक नियोगको गाडीमा थर्मल-गन विक्री गर्दै हिँडेको अवस्थामा मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना