आर्थिक गतिविधि

दशौं दक्षिण एसियाली आर्थिक सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, कात्तिक २८ । दशौं दक्षिण एसियाली आर्थिक सम्मेलन राजधानीमा सुरु भएको छ । मंगलबारदेखि काठमाडौंमा सुरु सम्मेलनमा दक्षिण एसियाली क्षेत्रको समावेशी एवं दीर्घकालीन आर्थिक विकासका लागि चालिनुपर्ने नीतिगत सुधार एवं अन्य विषयमा गहन छलफल हुने जनाइएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्रीय..

पोखराको हाम्रो जब नेपाल डटकमले रोजगार खोज्न सघाउने , त्यो पनि निःशुल्क

पोखरा, २३ कात्तिक के तपाईं जागिरको खोजिमा हुनुहुन्छ ? कि जागिर नपाएर भौतारिरहनु भएको छ ? यदी जागिर नपाएर भौतारिरहनु भएको छ वा तपाईं जागिरको खोजिमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंलाई पोखराको हाम्रो जब नेपाल डटकमले रोजगार खोज्न सघाउने भएको छ । त्यो पनि निःशुल्क । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले नेपालका..

ओरालो लाग्दै नेपाली ढुवानी व्यवसाय : भारतीय ट्रकको निर्वाध आवतजावत

१५ कात्तिक, सिमरा । सामान आयातमा प्रयोग हुने भारतीय मालवाहक सवारी साधनको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायीहरु संकटमा पर्न थालेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकमै ल्याइने गरेको छ । कोलकाता बन्दरगाह तथा अन्य भारतीय शहरहरुबाट तयारी र कच्चा पदार्थ भारतीय ट्रकहरुले सीमासम्म मात्र..

बजारमा तरकारीको कृत्रिम अभाव, चर्को मूल्य असुल्दै व्यापारी

दशैं, तिहार र छठ जस्ता ठूला चाडबाडमा माग अनुसार आपूर्तिमा कमी आएपछि आकाशिएको मूल्य अवस्था सामान्य रूपमा फर्किसक्दा पनि तरकारीको मूल्य घट्न सकेको छैन। चाडबाडका बेला माग उच्च देखिए पनि अहिले सामान्य रूपमा फर्किसकेको छ। तर, खुद्रा व्यापारीले भने अझै चर्को मूल्य असुली रहेका छन्।कालीमाटी फलफूल तथा तरकार बजार विकास समितिको तथ्यांक अनुसार..

भेडापालन व्यवसाय संकटमा

हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताउनुभयो । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाका गुरुङ तथा केही राई जातिले पुस्तौँदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक..

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले..

विराटनगर जुटमिल सेयर घोटाला काण्डः अर्थ राज्यमन्त्रीदेखि पूर्व आर्मी चिफसम्मको सेयर जोखिममा

देशको अग्रणी उद्योग विराटनगर जुट मिलको सेयर घोटाला काण्डमा अर्थ राज्यमन्त्री उदय शमशेर राणाको घरकै सेयर जोखिममा परेको छ। उनीसँगै नेपालका पहिलो जननिर्वाचित अर्थमन्त्री सूवर्ण शमशेरको परिवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा, मदन पुरस्कार गुठी, पूर्व आर्मी चिफ गौरवशमशेर राणा, जुट मिलका पूर्व..

नक्कली कागजातको योजना खत्रीले योजना : चार व्यक्ति नौ सय कार्टुुन बियरसहित पक्राउ

नक्कली कागजातका आधारमा बीमा रकम लिनखोज्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । बनावटी दुर्घटना गराई बियर र ट्रकबापतको बीमा रकम ठगी गर्न खोज्ने चार जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडाले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका चार जनाको साथबाट नौ सय ६० कार्टुुन बियर बरामद भएको छ । पक्राउ पर्नेहरुका..

आयल निगमको जग्गा खरिद प्रकरणमा सवा अर्ब घोटाला

नेपाल आयल निगमको जग्गा खरिदमा कम्तीमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको भेटिएको छ । निगमले झापा, सर्लाही, चितवन र रूपन्देहीमा गरेको जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययन गर्दा जग्गा दलाल प्रयोग गरी प्रचलित मूल्यको तुलनामा महँगोमा खरिद गरेको पुष्टि भएको छ । यथार्थपरक अनुसन्धान हुने हो भने अनियमितताको आकार २ अर्बभन्दा..

जुम्लामा दुई करोड २५ लाखको स्याउ बिक्री

जुम्ला - एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो रु ६० का दरले खरिद गर्न..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro