४१ लाखको दाइजोले पनि पुगेन भन्दै फोरमका नेताले बुहारीलाई घरनिकाला गरे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ चैत्र २, मंगलवार) २३:००

४१ लाख दाइजो लिएर पाइलट छोराको बिहे गरेका यस क्षेत्रका एक नेताले केटी पक्षसँगग थप १३ लाखको माग गर्दै बुहारीलाई माइत पठाएका छन् । सिरहाको गोलबजार निवासी व्यापारी हरिनारायण साहले आफ्नी छोरी रेखा साहको बिहे ८ महिना पहिले जनकपुर उपमहानगरपालिका ९ बस्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सञ्जिव साहका कान्छा छोरा पाइलट श्रवण साहसँग गरेका थिए ।
बिहेको बेला नेता साहले आफ्ना छोरालाई दाइजो स्वरूप ४१ लाख नगद र सुनचाँदीका गरगहना माग गरेका थिए । सोही अनुसार केटीका बाबु साहले ३६ लाख रुपैयाँ बैंकमार्फत र अरू नगद गरी दाइजो दिएका थिए । तर अहिले आएर केटा पक्षले थप दाइजो माग गर्दै बुहारीलाई गालीबेइज्जती र घरेलु हिंसा गर्न थालेपछि रेखा माइत फर्केकी छन् भने न्याय खोज्दै केटीपक्ष प्रहरीसाइा पुगेको छ ।

Sanjeeb-saha

दाइजो पुने भन्दै बुहारीलाई घर निकाला गर्ने मधेसी नेता सञ्जिव शाह

बिहेमा करिब ६० लाखभन्दा बढी खर्चेका केटीका बाबु हरिनारायणले केटा पाइलट भएको र छोरीको सुखद भविष्यको कामना गर्दै सकेसम्म खर्च गरेको बताए । त्यो बिहेमा केटा जन्तीसँगै हेलिकोप्टरमा आएका थिए ।
अन्नपूर्ण पोष्टबाट


(२०७२ चैत्र २, मंगलवार) २३:०० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना