अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नेपाललाई १२ स्वर्ण , नेपाली प्रशिक्षक उत्कृष्ट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ पुष १८, सोमबार) ०३:२२

काठमाडौं, १८ पुस ।  

भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको छ ।

पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो । नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिए ।

नेपालका रोहीत गिरीले २९ केजी र निता गुरुङले ५३ केजीमा फाइट र पुम्से दुवैमा स्वर्ण पदक जिते । फाइटतर्फ पुरुषको ८० केजीमा धनबहादुर दराई, ७३ केजीमा गोकुल अधिकारी र ५४ केजीमा सिसिर श्रेष्ठले स्वर्ण जिते ।

फाइटकै महिलाको ५३ केजीमा पार्वती गुरुङ, ४९ केजीमा सुस्मीता थापा र ५४ केजीमा दिक्षा कार्कीले नेपाललाई स्वर्ण पदक दिलाए । त्यस्तै पुम्सेमा प्रतिक पाठक र रेजिन रिमालले पनि स्वर्ण पदक जिते ।

च्याम्पियनसिपमा मोहम्मद कलिमउल्लाह, अस्मिता मगर र निक्की पुन पुम्से र फाइटमा रजत जित्न सफल भए । त्यस्तै  शिशीर श्रेष्ठ रुवीना घलेले पुम्सेतर्फ रजत पदक हात पारे ।

यस्तै, च्याम्पियनसिपको पुम्सेमा रन्जित चौधरी, दिपेन्द्र नेपाली, मोहम्मद उमर खान, उपेसकुमार यादव र सविन मजाकोटीले कास्य पदक हात पारे । फाइटमा अस्विन थापा कास्य जित्दा चन्द्रबहादुर मगरले फाइट र पुम्से दुवैमा कास्य जित्न सफल भए ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितिको ब्यवस्थापनमा  ४३ खेलाडीले च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । च्याम्पियनसिपमा नेपाल, कोरिया, मलेसिया, जापान, इन्डोनेसिया बंगलादेशलगायत ९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


(२०७३ पुष १८, सोमबार) ०३:२२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro