प्रमलाई कारबाही गर्न भारतबाट सार्पसुटर आउँदै भनेर अफवाह फैलाउने ‘पत्रकार’ पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ श्रावण २९, बिहीबार) २०:५०

नेपलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न भारतबाट शार्पशुटर आउंदै ” भनेर अफवाह फैलाउने एक जना पत्रकारलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ।

आफूलाई पत्रकार दावी गर्ने बिराटनग घर भएका ५४ बर्षीय सुनिल शर्मालाई काठमाण्डौको  बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो ।

 महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार,शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए । शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए । शर्मालाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको एसएसपी ज्ञवालीले बताए ।

विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ दावी गर्ने शर्मा आफूलाई दैनिक भारत र त्यस पत्रिकाको पत्रकार दावी गरेका छन्।

 


(२०७७ श्रावण २९, बिहीबार) २०:५० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना