प्रहरीमा भ्रष्टाचारको आशंका, लेखाले देखायो चासो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ चैत्र २, मंगलवार) २१:०१

संसदको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीका लागी आवश्यक लत्ताकपडा लगायतका सामान खरिदमा अनियमिता भएकोबारे चासो देखाउँदै गृहमन्त्रालयसँग विवरण माग गरेको छ । प्रहरी प्रमुख उपेन्द्रकान्त आर्याल तथा एआईजीहरु विरेन्द्रबावु श्रेष्ठ र रमेश शेखर बज्राचार्यले कमिशन खाएर सार्वजनिक खरिद ऐन २०६३ विपरीत पार्का ज्याकेट, कटन झुल, पाईन्ट कपडा,रुक्स्याक ब्याग र सिल्पिङ ब्यागलगायतका समग्री खरिद गरेको दाबीसहित गत शुक्रवार सार्वजनिक लेखा समितीमा उजुरी परेको थियो ।उजुरीपछि समितिका सचिव सोमबहादुर थापाले गृहमन्त्रालयमा पत्राचार गरेर नेपाल प्रहरीको सामान खरिदमा भएको अनियमीतताको सम्बन्धमा के भएको हो, सो को विवरणको ६०–६० प्रति तिन दिनभीत्र समितिमा बुझाउन भनेका छन् । लेखाले गृहमा पठाएको पत्रमा भनिएको छ, ‘प्रहरीको सामान खरिदको विवरण उपलब्ध गराई समितीको काम कारवाहीमा सहयोग पुर्याउनु हुन निर्देशानुसार अनुरोध गर्दछु ।’police trbder bidding

यस्तो थियो आनियमितताको खेल
लेखामा परेको उजुरीमा उल्लेख भए अनुसार प्रहरी प्रमुख अर्याल र दुई एआईजीहरुले श्लोक इन्टरप्राईजेजका संचालक रितेश अग्रवालसँग मोटो कमिशन लिएर सार्वजनिक खरिद ऐन विपरित पार्का ज्याकेट लगायतका सामग्री खरिद गरेका थिए । प्रशासन विभागको प्रमुखका हैसियतले अर्याललाई श्रेष्ठ र बज्राचार्यले सहयोग गरेको उजुरीमा दाबी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ अनुसार गत पुस २३ गते पार्का ज्याकेट १७ हजार थान, कटन झुल ५ हजार थान,पाईन्ट कपडा ८० हजार मिटर, रुक्स्याक ब्याग १० हजार थान, सिल्पिङ ब्याग १५ हजार थान र अन्डर ट्राउजर भेस्ट सेट ६१ हजार पाँच सय सेट खरिदको लागी टेण्डर आह्वान गरेको थियो । गत साता प्रहरी प्रधान कार्यालयले उक्त टेण्डर सम्वन्धमा निर्णय गर्दै महंगो मुल्यमा बोलपत्र पेश गरेको रितेश अग्रवालको श्लोक इन्टरप्राईजेजलाई सामान खरिद गर्ने अनुमति दिएको थियो ।

के थियो उजुरीमा ?
प्रहरीको सामान खरिद प्रकरणमा घोटालाबारे छानविनका लागि भन्दै लेखा समितिमा परेको उजुरीमा आर्थिक वर्ष ०७०–७१ र ०७१–७२ मा बिना टेण्डर रितेश अग्रवालको श्लोक इन्टरप्राईजेजबाट १५ हजार थान पार्का ज्याकेट खरिद गरेको उल्लेख गरिएको छ । सो ज्याकेटको बास्तविक मूल्य भन्दा दोब्बरमा खरिद गरेको कागजपत्र मिलाएर आर्याल सहितका प्रहरी अधिकारीले दुई करोड घोटाला गरेको आरोप लगाइएको छ ।

त्यस्तै आर्थिक बर्ष ०६९–७० र ०७०–७१ मा ट्राफिक प्रहरीको लागि आवश्यक म्याजिक लाइट खदिर गर्दा एक करोड चालीस लाख अनियमितता गरेको आरोप लगाइएको छ ।

police ujuri police ujuri 1

त्यस्तै गएको पुस २३ गते पार्का ज्याकेट, कटन झुल, रुक्स्याक ब्याग लगायतका सामानका लागि टेण्डर आह्वान गरेर अत्यधिक मूल्य कवोल गर्ने श्लोक इन्टरप्राईजेजको टेण्डर स्वीकृत गर्दै १ करोड ६४ लाख घोटाला गरेको आरोप लगाइएको छ ।


(२०७२ चैत्र २, मंगलवार) २१:०१ मा प्रकाशित

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro