बोहराको हत्या प्रकरणमा चितवनबाट एक महिला पक्राउ

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७७ श्रावण २६, सोमबार) २३:४७

काठमाडौको गोंगबु कृष्णबहादुर बोहराको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छन। दाङका बोहराको हत्या गरी फालेको आरोपमा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।

हत्या आरोपमा अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

चितवनबाट पक्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच ‘आर्थिक लेनदेनका कारण मतभेद रहेको’ प्रहरी अनुसन्धानबाट खुलेको छ।स्थानीयले सुटकेसमा रगत देखिएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सुटकेस खोल्दा घाँटीभन्दा मुनिको भाग र घुँडाभन्दा माथिको भागको काटेर राखिएको अवस्थामा भेटिएको हो। सुटकेसमा जीउमात्रै भेटिएकाले शरीरका अन्य भाग भेट्टाउन प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गर्‍यो। कुकुरको सहयोगमा सुटकेस भेटिएको ठाउँभन्दा केही पर वार्ड नं १० को स्वर्गद्वारी मार्गमा टाउको र खुट्टा फेला परेको थियो।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो। शवको पहिचान कृष्णकै साथी निरज थापाले गरेका थिए। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीको पाँचवटा टोलीले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकी महिला भाडामा बसेको घरमा मृतकको धेरै आउजाउ हुने गरेको थियो। हत्या भएको रात ती महिला काठमाडौंमै थिइन्। उनी शव फ्यालेर निजी गाडीमा चितवन गएको प्रहरीको दाबी छ।

‘मृतक बोहराले व्यापार गर्ने भन्दै शाहीसँग पटक-पटक ठूलो परिणामको रकम लिएको अनुसन्धानमा देखिएको छ,’ ती अधिकृतले भने, ‘बोहराले दोहरी साँझ खोल्ने भन्दै महिलासँग ठूलो रकम लिएका थिए। योजनाअनुसार दोहरी साँझ नखोलेपछि मृतक र महिलाबीच मतभेद बढ्दै गयो।’

यो हत्याकाण्डमा आर्थिक लेनदेनसँगै अन्य विवाद पनि जोडिएको हुनसक्ने प्रहरीको अनुमान छ।आर्थिक लेनदेन सँगसँगै अरू विवाद पनि जोडिएको हुनसक्छ।’ एक प्रहरी अधिकारीले भने।


(२०७७ श्रावण २६, सोमबार) २३:४७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना