नेकपाका सदस्यलाई कोरोना पुष्टि भएपछि कार्यालय सिल

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७७ श्रावण २५, आईतवार) १८:३०

नेकपाको बुटवलस्थित प्रदेश ५ कार्यालय आजदेखि तिन दिनको लागि सिल गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं. १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ७२ घण्टाको लागि कार्यालय सिल गरिएको हो ।

ती कोरोना संक्रमण पुष्टि भएका कार्यकर्ता कार्यालयमा आउने-जाने भएकाले ७२ घन्टाका लागि कार्यालय सिल गरिएको पार्टी कार्यलय सचिव वालकृष्ण पाण्डेयले रातोपाटीलाई बताए ।

उनका अनुसार संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा गएका थिए। सोही बीचमा पार्टी कार्यालयमा दूरी कायम गरेको भए पनि बैकठ समेत भएका थिए ।


(२०७७ श्रावण २५, आईतवार) १८:३० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना