पीएसओमा कोरोना संक्रमण देखिएपछी सत्तारुढ नेकपा महासचिब विष्णु पौडेल आइसोलेसनमा

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७७ श्रावण २५, आईतवार) १८:०३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् ।

शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन् ।उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।

महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए । अध्यक्ष प्रचण्डका पनि सुरक्षाकर्मीमा संक्रमण देखिएपछि  आइसोलेसनमा बसेका छन् ।


(२०७७ श्रावण २५, आईतवार) १८:०३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना