पोखरामा कोरोनाका कारण थप एक जनाको निधन

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७७ श्रावण २५, आईतवार) ११:२४

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनी पोखरा महानगरपालिका वडा नं. १९ निवासी ६२ वर्षीय पुरुष भएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

यसअघि मधुमेहका बिरामी समेत रहेका उनी यही साउन १७ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।

ती पुरुषको हिजो शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको बताइएको छ । योसंगै कास्कीमा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या तीन जना पुगेको छ ।

पोखरामा एक जना मृतक थपिएसंगै नेपालमा मृतकको संख्या ७४ पुगेको छ ।


(२०७७ श्रावण २५, आईतवार) ११:२४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना