बहिनी नाता पर्ने किशोरीलाई पटक-पटक वलात्कार गर्ने वडाध्यक्ष शाही जेल चलान्

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ श्रावण २४, शनिबार) ०८:५८

आफनै बहिनी नाता पर्ने १६ वर्षिया किशोरीलाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले पुर्पक्षमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएपछि उनी कालिकोट जिल्ला कारागार चलान भएका हुन् ।

प्रहरीका अनुसार, पछिल्लो पटक बाख्रा चराउन गएका बखत वडाध्यक्ष शाहीले ती किशोरीलाई वलात्कार गरे पछि वडाध्यक्ष शाहीबिरुद्ध परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी तथा हाड नाता करणीमा मुद्दा अन्तर्गत जाहेरी दर्ता गरेका थिए।  जाहेरी प्राप्त पछि प्रहरीले वडा अध्यक्ष शाहीलाई असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाड नाता करणी अन्तर्गत अदालतमा म्याद थप गरेर अनुसन्धान शुरु गरेको थियो।

प्रहरीले आवश्यक अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत कालीकोटमा पेश हुँदा अभियुक्त शाहीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ।  अहिले वडाध्यक्ष शाई जिल्ला कारागार शाखा कालिकोटमा बन्दी छन्।

वडा अध्यक्ष शाहीले खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी १६ वर्षीया किशोरीलाई पहिलो पटक १३ वर्षको नाबालिका हुँदा २०७४ सालमा विद्यालयबाट घर जाँदै गर्दा बीच बाटोमा रोकेर आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी बलात्कार भएको दाबी गरेको प्रहरीले उनीमाथि कैयौँ पटक बलात्कार प्रयास भएको निष्कर्ष निकालेको छ। वडाध्यक्ष शाहीले ती किशोरीलाई “किशोरी पढ्ने विद्यालयको क्यान्टिनमा खाजा खुवाउने, पैसाको लोभ देखाउने, माया गरे जस्तो गरी देखाउनेजस्ता क्रियाकलाप गरेर पटक पटक वलात्कार गरेको प्रहरीले अनुसन्धानबाट खुलाएको छ।

‘किशोरी स्कुल आवतजावत गर्न वडा अध्यक्षको घरको आँगन नै प्रयोग गर्नुपर्ने भएपछी उनलाई बाटो ढुकेर नै वलात्कार गरेको देखेइको प्रहरीको दाबी छ।  पीडित किशोरी र वडा अध्यक्ष शाहीको मेडिकल रिपोर्ट आएको छैन् । परीक्षणका लागि नमुना विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

मुलुकी अपराध संहिता २०७४ बमोजिम वडा अध्यक्ष शाहीलाई जबरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाड नाता करणी १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षतिपूर्ति माग दाबी प्रहरीले अदालतमा मुद्दा पेश गरेको छ ।


(२०७७ श्रावण २४, शनिबार) ०८:५८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना