एयर इन्डियाको विमान दुर्घटना, दुवै पाइलटसहित कम्तीमा १६ जना यात्रीको मृत्यु, एकसय २३ घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ श्रावण २४, शनिबार) ०७:०६

दुबईबाट आएको एयर इन्डियाको आईएक्स-१३४४ बोइङ ७३७ विमान भारतको कालिकट विमानस्थलमा शुक्रबार साँझ दुर्घटनाग्रस्त हुँदा दुई जना पाइलटसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ भने एकसय २३ जना घाइते भएका छन् । दुबईबाट आएको एयर इन्डियाको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो ।

कोरोना महामारीकाकारण दुबैमा फँसेका भारतीय नागरिकहरुलाई लिएर भारत आउंदै गरेको सो जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।  दुर्घटनामा परी दुई जना पाइलटसहित कम्तीमा १6 जनाको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यम एनडीटीभीले जनाएको छ । त्यस्तै कम्तीमा ५० जना घाइते भएको र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

तर विमान कम्पनीले भने यसको आधिकारिक पुष्टि गरेको छैन । एयर इन्डियाले दुर्घटनामा थुप्रै यात्रु घाइते भएको र उनीहरुको उद्धार भइरहेको जनाएको छ ।

विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार थिए ।

यसअघि सन् २०१० मा मेङलोर विमानस्थलमा एयर इन्डियाको एउटा विमान दुर्घटना हुँदा १५८ जनाको मृत्यु भएको थियो ।


(२०७७ श्रावण २४, शनिबार) ०७:०६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना