नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७७ श्रावण २२, बिहीबार) १८:३७

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो समयमा मोरङ, पर्सा, सर्लाही, धनुषा, सप्तरी जिल्लामा मृतक थपिएसँगै ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारी जानकारी गराएको हो ।मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका ८ दर्वेशा बस्ने ४५ वर्षीय पुरुष रहेका छन् । उनलाई साउन २१ गते ज्वरो तथा स्वासप्रश्वासमा समस्या भइ कोसी अस्पताल ल्याउँदा मृत्यु भएको थियो ।

त्यसैगरी मोरङकै विराटनगर महानगरपालिका ९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोसी अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौला तथा मधुमेहका दीर्घरोगी रहेका थिए । मृत्यु भएको दिन स्वाब संकलन गरी जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ बस्ने ६५ वर्षीया महिलाको साउन २१ गते मृत्यु भएको हो । उनको उपचारको क्रममा बलम्बु सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

मृतकमा धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको पनि जाँच गर्दा कोरोना पुष्टि भएको छ । उनी दम तथा मधुमेहको बिरामी थिइन् ।

त्यसका साथै सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ । ज्वरो तथा स्वासप्रश्वासमा कठिनाइ भइ साउन २० गते उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना भएका थिए । थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनी डेढ महिनामा पहिले मलेसियाबाट आई होम क्वारेन्टाइमा बसेका थिए । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ६५ पुगेको छ ।


(२०७७ श्रावण २२, बिहीबार) १८:३७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना