राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना दुईलाख रुपैयाँ घुस रकमसहित पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ श्रावण २०, मंगलवार) १५:१०

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना दुईलाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।   रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो।

बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत प्रमुख रानाले कपिलबस्तु कृष्णनगरका चिनी र गुट्का व्यापारी अनिल कुमार झासंग घुसवापतको रकम लेनदेन गर्दैगर्दा कार्यलय नजिकको बुद्धचोकबाट पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा.भीष्मप्रसाद भुसालले जानकारी दिए । नियन्त्रणमा लिइएका रानालाई काठमाडौँ पठाउने तयारी भइरहेको भुसालले बताए ।

विभिन्न जिल्लाका मालपोत कार्यालयहरुमा बसेका उनी भ्रष्ट मानसिकताका व्यक्ति रहेको सेवाग्राहीकोे गुनासो थियो । पछिल्लो पटक पुनर्निर्माण प्राधिकरणको सामान्य प्रशासन शाखामा रहँदा पनि कर्मचारी सरुवा र करारका कर्मचारी भर्नामा कमिसनका आधारमा काम गरेको आरोप लागेपछि उनको काज फिर्ता भएको थियो ।

प्राधिकरणबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका उनी पैसाकै चलखेलका आधारमा सेटिङमा राजश्व अनुसन्धान पुगेको उनी निकटका कर्मचारीहरु बताउँछन् ।

उनकाे भ्रष्ट कृयाकलाप थाहा पाएकै कारण पुनर्निर्माण प्राधिकरणमा सँगै काम गरेका डा. भिष्मकुमार भुसाल अख्तियार दुरूपयाेग अनसन्धान आयोग बुटवल कार्यालय प्रमुख रहेकाे बेला रानालाई नियन्त्रणमा लिएका छन् ।

राजस्व अनुसन्धान विभाग पहिला अर्थमन्त्रालय अन्तर्गत रहने र राजस्वका कर्मचारी कार्यालय प्रमुख रहने भएपनि २०७४ मा सरकारले प्रधामन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत तानेको थियो ।

त्यसपछि राजस्वका कर्मचारी कार्यालय प्रमुख हुने प्रावधान हटाइ प्रशासनको कर्मचारी कार्यालय प्रमुख रहने व्यवस्था गरिएको थियो । जस अनुसार कोहलपुर, बुटवल, इटहरी र पथलैया कार्यालयमा उपसचिव र काठमाडौं कार्यालयमा सहसचिव प्रमुख हुने व्यवस्था छ ।

त्यतिबेला उनी प्रधानमन्त्री कार्यालयमा रहेकोले सत्तारुट नेकपाको ठूलो पहुँच प्रयोग गरि सेटिङ्ममा राजस्व अनुसन्धान कार्यालय प्रमुख बनेर गएका थिए ।

अर्थमन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहत ल्याएर सेटिङ्गमा कर्मचारी पठाएपनि घुससहित पक्राउ परेपछि कार्यालयको विश्वास गुमेको छ ।

सोमबार मात्रै अख्तियारको बुटवल टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई आठलाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।


(२०७७ श्रावण २०, मंगलवार) १५:१० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना