चीनिया फुटबल क्लबले माग्याे रोनाल्डो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ पुष १५, शुक्रबार) ०२:५३

काठमाडौं, १५ पुस ।

चीनको एउटा फुटवल क्लबले रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २५० मिलियन पाउण्डमा चीन लैजान प्रस्ताव

रियलसँग गरेको छ । पोर्चुगल खेलाडीका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलवमा चीन लैजान रियल मड्रिडसँग चिनियाँ क्लबले प्रस्ताव गरेको बिविसीले उल्लेख गरेको छ ।

उनले चीनको क्लबको नाम नखुलाइ भनेका छन्, चीनको क्लबले ३०० मिलियन युरो रियल मड्रिडलाई दिन जनाएको छ भने रोनाल्डोलाई १०० मिलियन प्रतिवर्ष दिने प्रस्ताव गरेको छ । यस्तो प्रस्ताव आएपछि उनले भने ‘पैसा सबैथोक होइन । स्पेनिस क्लब रियलनै रोनाल्डोको जिन्दगी हो ।’

ठूलो पैसाको प्रसताव आएपछि जर्ज मेन्डसले भने ‘चीन फुटवलको नयाँ बजार हो । तिनीहरु धेरै खेलाडी किन्न चाहान्छन् । तर यो असम्भव छ, रोनाल्डो चीन जाँदैनन् । रोनाल्डो विश्वकै राम्रो खेलाडी हुन्, चीनले यस्तो अफर गर्नु सामान्य हो ।’


(२०७३ पुष १५, शुक्रबार) ०२:५३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro