अभिनेता राजेश हमालद्वारा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थक दर्शकसंग आग्रह

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार ३१, बुधबार) १४:२६

अन्तत: अभिनेता राजेश हमालले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलालाई माफी दिएका छन् । आफ्नो फेसबुक पेजमार्फत अभिनेता हमालले आफ्नो अपमान गर्ने चलचित्र अभिनेत्री एबम निर्देशक दीपाश्री निरौलालाई माफी दिएका हुन् ।

‘महानायक’ विवादको केन्द्रमा रहेका अभिनेता राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थक दर्शकलाई आग्रह गर्दै व्यक्तिगत स्तरमा उत्रेर कुनै पनि प्रकारको गाली वा दूर्व्यहार नगर्न आग्रह पनि गरेका छन् ।

दीपाश्रीले केही समयअघि एक अन्तर्वार्ताको क्रममा राजेश हमाललाई दिइएको महानायक उपाधिमा प्रश्न उठाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा दीपाश्रीको चर्को विरोध गरेका थिए हमालका फ्यानहरुले । दीपाश्रीले माफी मागे पनि सो क्रम रोकिएको थिएन ।

व्यक्तिगत स्तरमा निम्न तहको गाली हुन थालेपछि दीपाश्रीले आफू अति तनावको अवस्थामा पुगेको र मनोसामाजिक समस्या नै देखिने हो कि भन्ने चिन्तामा रहेको बताएकी थिइन् ।

विवादले खराब दिशा लिएपछि अभिनेता हमालले अन्ततः त्यसलाई साम्य पार्नका लागि आफ्नो तर्फबाट प्रयास गरेका छन् । उनले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आग्रहसहितको भिडियो सन्देश पोस्ट गरेर ‘सम्बन्धित व्यक्तिलाई माफी’ दिन सबैसँग आग्रह गरेका हुन् ।

भिडियोमा हमालले भनेका छन्, ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’

दर्शकले कलाकारलाई उसको क्षमता प्रस्तुत गर्नका लागि जहिले पनि प्रेरित गर्नु पर्ने भन्दै त्यसका लागि अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्छु । कलाकारलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्छु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

एक टेलिभिजन अन्तर्वार्तामा नायिका निरौलाले नायक हमाललाई ‘उहाँ महानायक हो र !’ भन्ने शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमा हमाल समर्थकले उनलाई एकाेहाेराे गाली गरिरहेका छन्।

नायिका निरौलाले यसअघि नै फेसबुकमा लामो स्पष्टीकरण लेख्दै हमालका फ्यानसँग माफी मागिसकेकी छन् भने उनकै टोलीका कलाकार दीपकराज गिरी, केदार घिमिरेले समेत सामाजिक सञ्जालमार्फत यस प्रकरणमा हमालसँग क्षमा मागिसकेका छन् ।

कलाकार दीपकराज गिरीले त केही दिनअघि साढे २१ मिनेटको फेसबुक लाभइ गर्दै धेरैचोटी हातै जोडेर हमालसँग माफी मागेका छन् । त्यस लगत्तैजसो अभिनेता हमालले मंगलबार राति फेसबुकमै भिडियो सन्देश जारी गर्दै यस विषयमा मुख खोलेका हुन् ।

 


(२०७७ असार ३१, बुधबार) १४:२६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना