बिद्रोही ने.क.पा. केन्द्रीय सदस्य एबम सेतीमहाकाली इन्चार्ज पुन दम्पत्ति गिरफ्तार, जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमाण्डर बोहराबिरुद्ध आठ मुद्दा दर्ता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार ३१, बुधबार) ११:५४

बिद्रोही ने.क.पा. केन्द्रीय सदस्य एबम सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ र उनकी धर्मपत्नी समेत रहेकी महिला नेत्री पुर्णिमा धामीलाई प्रहरीले गिरफ्तार गरेको छ।

प्रहरीले उनीहरुलाई बुधबार बिहान करिब ७ बजेतिर कैलालीको धनगढी उप-महानगरपालिकाको बेलीबाट गिरफ्तार गरेको समाचार स्रोतले जानकारी दिएको छ।  नेता पुनसंगै गिरफ्तार भएकी नेत्री धामी पार्टी निकट अनेमसंघ (क्रान्तिकारी) कि केन्द्रिय सदस्य एबम सेती महाकाली इन्चार्ज हुन् ।

धनगढीमा एकजना बिरामी आफन्तलाई भेट्न गैरहेको अवस्थामा उनीहरूलाई प्रहरीले लखेटीलखेटी गिरफ्तार गरेको समाचार स्रोतको दाबी छ।

उनीहरुको गिरफ्तारीको बारेमा बिद्रोही ने.क.पा.ले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन।  तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शमशेर जबराले बिप्लव समुहका एक नेता पक्राउ परेको स्वीकार गरेपनि अप्रेसन जारी रहेको भन्दै थप जानकारी दिन अस्वीकार गरे।

पुनलाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउको प्रयास गरेको थियो। उनी बसेको ‘लोकेशन’ नजिकै प्रहरी पुगेपनि पक्राउ गर्न असफल हुँदै आएको थियो।

नन्द-बहादुर-बोहरा
नन्द-बहादुर-बोहरा

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, जनमुक्ति सेना नेपालका पूर्व ब्रिगेड कमाण्डर तथा हाल विप्लव नेतृत्वको ने.क.पा.का नेता नन्द बहादुर बोहरा पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–३ बाट प्रहरीले बोहरालाई मंगलबार दिउसो पक्राउ गरेको हो ।
उनी घरैमा बसिरहेका बेला पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ । कालीकोट स्थायी घर भएका बोहरा जनयुद्धपछि मोरगंमा बस्दै आएका थिए ।
उनी जनयुद्धमा पूर्वमा खटिएका थिए । प्रहरीले विप्लव नेतृत्वको सैन्य कमाण्डर भएको भने पनि बोहरा बारे ने.क.पा.ले उनको गिरफ्तारीका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । उनलाई जिल्ला पहरी कार्यलय मोरगंको हिरासतमा राखिएको छ ।
बोहरा बिरुद्ध मोरगं, सुनसरी, भोजपुर, संखुवासभा, झापा, लगायतका जिल्लामा गरी ८ वटा मुद्धा रहेको प्रहरीले जनाएको छ ।

यी हुन् बोहरालाई लगाईएका ८ मुद्धाहरुः

१) जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं १ स्थित पुर्व पश्चिम लोकमार्गको
दक्षिण साईट पानीटंकी छेउमा मिति २०७४/१२/११ गते अं ०४:५० बजे सुतली बम राखेको

२) मिति २०७६/०२/१३ गते अं ०४:४५ बजे मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका
वडा नं ७ ठडिया स्थित दिपशिखा माछा घर अगाडी पाथिभरा टोल पुर्व- पश्चिम राजमार्ग
दक्षिण किनारमा भएको बिजुलीको पोल नजिकै प्रेशर कुकर बम राखेको ।
३) मिति २०७६/१०/०५ गते जिल्ला मोरङ मिक्लाजुङ्ग गा.पा. वडा नं १ साकेलाथान
स्थित किसानचौक टाडी- रमिते -आईतबारे सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३
वटा स्काभेटरमा बम बिस्फोटन गराई आगो लगाई क्षेती पुर्‍याएको घटना ।
४) मिति २०७६/१०/१० गते अं २१:१३ जि. मोरङ केरावारी गा.पा. वडा नं १० स्थित
केरावारी गाउपालिकाको कार्यालयमा र मिति २०७६/१०/१२ गते अं साझ १८:३० बजे
जिल्ला मोरङ केरावारी गा.पा. वडा नं २ स्थितमा रहेको NCELL टावरमा बम बिस्फोटन
गराएको घटना ।
५) मिति २०७६।०५।२३ गते रातीको ००:३० बजे जिल्ला झापा बिर्तामोड न.पा. वडा नं.
२ चारपाने चौक उत्तर पट्टि रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको
केन्द्रिय कार्यालय निर्माणधिन भवनको कम्पाउण्ड वाल र गार्ड रुमको बिचमा प्रेशर कुकर बम
बिष्फोट गराएको घटना ।
६) मिति २०७६।०५।२० गते बिहानको राती २४:३० बजेको समयमा जि. सुनसरी ईटहरी
उ.मन.पा वडा नं. ९ स्थितमा रहेको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा रहेको पर्खालमा
अज्ञात मानिसहरुले प्रेसर कुकर बम विष्फोट गराएको घटना ।
७) मिति २०७६/०५/२० गते बिहानको राती ००:३० बजेको समयमा जिल्ला सुनसरी धरान
उप-महानगरपालिका वडा न-१९ स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान,
घोपाको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोटन गराएको ।
८) भोजपुर जिल्ला तथा संखुवासभा जिल्लामा हातहतियार सम्बन्धि विभिन्न घटनामा समेत संलग्न रहेको ।

स्रोतः मोरगं प्रहरी प्रवक्ता डिएसपी मान बहादुर राई


(२०७७ असार ३१, बुधबार) ११:५४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना