नारायणकाजी श्रेष्ठ नौलाख रुपियाँ घुससहित पक्राउ, डीएसपी सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार ३१, बुधबार) ०५:४९

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ । उनलाई सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

श्रेष्ठको साथबाट स्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सिंचाइ कार्यालयका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको पुष्टि गरे ।

यसैबीच नेपाल प्रहरीका डीएसपी रमेशबहादुर सिंहविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनसन्धान आयोगले नागरिकताको जन्म मिति सच्चाएर झुठा विवरण उल्लेख गरी प्रहरी निरीक्षकमा भर्ना भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इस्पेक्टरको दर्खास्त दिन जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जन्म मिति सिंहले सच्चाएका थिए । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट झुठो विवरणसहितको प्रतिलिपि निकालेका थिए । सिंह यसअघि पनि भ्रष्टाचारको अभियोगमा सफाइ पाएका अधिकृत हुन् ।


(२०७७ असार ३१, बुधबार) ०५:४९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना