पहिरोको निरीक्षण गर्न हिँडेका पूर्व गाविस अध्यक्ष राना पहिरोमा बगेर मृत्यु, तीन जना बेपत्ता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार ३१, बुधबार) ०५:२०

पहिरोको निरीक्षण गर्न भनेर हिँडेका पूर्व गाविस अध्यक्ष ईमान सिंह राना आफैलाई स्याङजाको बिर्घामा पहिरोले बगाएर मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता छन् ।

जिल्लाको कालिगण्डकी गाँउपालिका वडा नं. ४ मा खहरेमा गएको पहिरोमा परेर खहरेकै इमानसिंह रानाको मृत्यु भएको हो । राना सविकको बिर्घा गाविसका पूर्व अध्यक्ष थिए ।

निरीक्षणको क्रममा पैदलै हिड्दै गर्दा बस्ती नजिकै माथिबाट झरेको पहिरोले ६ जनाको टोलीलाई बाटोमै पुरेको हो। बिहान वडा नं ४ कै वडा सदस्य होमनाथ पाण्डे, पूर्व गाविस अध्यक्ष रानासहितको टोली निरीक्षणकालागि हिडेको थियो। पहिरोमा पुरिएका तीन जना अझै बेपत्ता छन्। उनीहरुको खोजीकार्य जारी रहेको छ ।

पहिरोबाट घाईते भएका वडा नं ४ कै वडा सदस्य होमनाथ पाण्डेको जिब्रो काटिएको र अर्का स्थानीय विरबहादुर राना घाइते छन्। अहिले सो क्षेत्रमा उद्धारका लागि सेना र प्रहरीको टोली परिचालित रहेको छ ।


(२०७७ असार ३१, बुधबार) ०५:२० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना