रुकुमको चौरजहारी घटना जातीय बिभेद्काकारण नियोजित सामुहिक हत्या भएको संसदीय छानबिन समितिको निष्कर्ष

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार ३०, मंगलवार) १२:३५

संसदीय छानविन समितिले  नवराज बिक लगायत छजनाको मृत्यु हुने गरी रुकुमको चौरजहारीमा भएको सामुहिक नरसंहार अन्तरजातीय बिहेकोकारण नियोजित तरीकाले सामुहिक हत्या भएको निष्कर्ष निकालेको छ। साथै सो समितिले  वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा भएको सो आक्रमणको अनुसन्धान प्रहरी प्रशासनले फितलो तरीकाले गरेको पनि उल्लेख गरेको छ। समितिले दोषीहरुलाई प्रचलित कानुनबमोजिम हदैसम्म कारवाही गर्नसमेत सुझाव दिएको छ ।

गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर उनीहरुलाई  वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा स्थानीय बासिन्दाले घेरा हाली लखेटेर कुटपिट गर्दै छ जनाको हत्या गरेर भेरी नदीमा फालेका थिए ।

सो घटनाको छानविन गर्न २६ जेठको प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउँदै छ ।

संसदीय विशेष छानविन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम सुरु गरेको थियो । त्यसपछि समिति सदस्यहरु घटनास्थल प्रस्थान गरेका थिए । समितिका सदस्यहरुले घाइते, मृतकका परिवार र विज्ञहरुसँग भेटेर घटनाबारे जानकारी लिएका थिए ।

चौरजहाजरी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा–बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । सबैलाई आजीवन कैद गर्न माग गरिएको छ ।


(२०७७ असार ३०, मंगलवार) १२:३५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना