नेपाल र नेपाली राष्ट्रियतामाथि धावा बोल्ने चार भारतीय न्युज च्यानल तत्काल नखुल्ने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार ३०, मंगलवार) ०९:०४

नेपाल र नेपाली राष्ट्रियतामाथि धावा बोल्ने चार वटा भारतीय न्युज च्यानलहरु नेपालमा तत्काल नखुल्ने भएका छन्।  केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको नेपालमा प्रसारण बन्द जारी राख्ने निर्णय गरेका छन्। अरु च्यानलहरु भने प्रसारण हुनेछन् ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले असार २५ गतेदेखि भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए । सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।


(२०७७ असार ३०, मंगलवार) ०९:०४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना