पहिरोमा परेर जन्मदिन मनाइरहेका सहित पोखरामा चार जनाको मृत्यु


  • जनसंचार
  • शुक्रबार, २६ असार २०७७
  • 3.5K
    Shares

पोखराको सराङकोट र हेम्जामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पोखरा १८ सराङकोटको गोठादीस्थित टंकबहादुर थापाको घरमा जन्मोत्सवको रमाइलो गरिरहेका बेला घरमाथीको सडक भत्किँदा आएको पहिरोले घर बगाउँदा एकै घरका १० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियतामा उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

राति जन्मदिन मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए ।अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको बताए । त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोले पुरिएर तीन वटा बाख्रा मरेका छन् । थप सात घर जोखिममा छन् । जोखिममा रहेका घरका परिवारलाई राती नै सुरक्षित स्थानमा सारिएको प्रहरी प्रवक्ता हामालले जानकारी दिए ।

पोखरा १७ छोरेपाटन स्थित सिमलटुँडामा पहिरो जाँदा स्थानी सन्तबहादुर मगरको घर भत्किएको छ । सन्तबहादुर सहित उनका छोरा र श्रीमति घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij