अब उत्तर कोरियाले अमेरिकासँग वार्ता नगर्ने, अमेरिकाको सामना गर्न उत्तर कोरिया तयार रहेको घोषणा


  • जनसंचार
  • बुधबार, २४ असार २०७७
  • 2.3K
    Shares

उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ्ग उन र अमरिकी राश्त्राप्ति डोनाल्ड ट्रंप

उत्तर कोरियालाई अमेरिकासंग वार्ता गर्न चौतर्फी दबाब परिरहेका बेला उत्तर कोरियाले अब अमेरिकासंग वार्ता गर्न कुनै आवश्यकता नरहेको बताएको छ।  उत्तर कोरियाका उप -विदेशमन्त्री चोए सोन हुईले विज्ञप्ति जारी गरेर अमेरिकासँग पुनः वार्तामा बस्नुको आवश्यकता नभएको बताएका हुन् । कोरियाली समाचार संस्था केसीएनएनका अनुसार विज्ञप्तिमा हुईले प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महशुस नगरेको बताएका छन् ।

दक्षिण कोरियाले उत्तर कोरियाको सर्वोच्च नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुनः वार्ता गर्नुपर्ने पहल गरिरहेको दाबी गरिरहेको छ भने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले र उत्तर कोरियाली नेता किमजोङलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको थिए । त्यसैगरी बोल्टनले किमलाई भेटेका कारण आफु पुनः निर्वाचित हुने सम्भावना रहन्छ भने ट्रम्पले यसलाई स्वीकार्ने बताएका थिए ।

उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईलेअमेरिकाले आफ्नो राजनीतिक संकट समाल्ने औजारको रुपाम प्रयोग नगर्न चेतावनी दिंदै अक्टोबरमा अमेरिकाले उत्तर कोरियासँग वार्ताको सपना नदेख्न पनि भनेका छन् । उनले अघि भनेका छन्, “अमेरिकाले हामीसँग अझै वार्ताजस्ता बिषयबाट सहजै आफ्नो पक्षका लागि उपलब्धीमुलक हुन्छ भन्ने कुराको आशा गर्छ ने यो उसको भूल हुनेछ”

अमेरिकासँग उत्तर कोरियाले वार्ता भन्दापनि यु द्धको नीति लिएको बताईएको छ । उप विदेशमन्त्री हुईको उत्तर कोरियाले बिस्तृत रणनीतिक समय तालीका तयार गरी अमेरिकासँगको दीर्घकालीन खतराको सामना गर्न तयार भइसकेको सपस्त पारेका छन्।

दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मङ्गलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गरेका थिए । उनले दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले समाचारमा उल्लेख गरेका थिए ।

त्यसैगरी अमेरिकी उप विदेशमन्त्री स्टेफेन वेइगनले आगामी हप्ता उत्तर कोरियाली अधिकारीसँग कुराकानी गर्न सोल आउने तयारी गरेको समाचाहरुमा बताइएको थियो । तर, उत्तर कोरियाको जवाफ पछि उनको सोल भ्रमण अन्यौलमा परेको छ । भियतनामको हनोईमा सन् २०१९ मा सम्पन्न वार्तामा प्रतिबन्ध खुकुलो बनाउन ट्रम्प तयार नभएपछि उत्तर कोरियाले वार्तालाई भन्दा आ णविक विकासलाई महत्व दिँदै आएको छ ।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij