एआईजी शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्त


  • जनसंचार
  • मंगलबार, २३ असार २०७७
  • 2.1K
    Shares

एआईजी शैलेश थापा क्षेत्री

सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षेत्रीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए ।

नयाँ आईजीपीको दौडमा क्षेत्री सहित एआईजी हरिबहादुर पाल पनि हुनुहुन्थ्यो । कार्यसम्पादन मूल्याङक अनुसार क्षेत्री पहिलो र पाल दोस्रो नम्बरमा हुनुहुन्थ्यो ।

नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्रीले २०७९ बैशाख १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुहुनेछ । नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् । थापाका एक समकक्षीका अनुसार फिल्ड कमाण्डमा भने उनी कमजोर अधिकृतका रुपमा चिनिन्छन् ।

वर्तमान महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण भोलि (बुधबार) मध्यरात देखि नियमित अवकाशमा जाँदै हुनुहुन्छ । गत फागुन २८ गते सरकारले ज्ञवालीलाई २७ औं महानिरीक्षमा नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij