नेपालीभूमिमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतको अवरोध : सरकार मौन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार २३, मंगलवार) ०६:४७

नेपाली भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय सिमा सुरक्षा बलको गोली लागि २०७३ साल फागुन २६गते शहिद हुनुभएका  कञ्चनपुरको पुनर्वास–४ का गोविन्द गौतमको क्षेत्रमा फेरी भारतीय पक्षले दादागिरी देखाउन थालेको छ।  पछिल्लोपटक भारतीय पक्षले बेलौरी नगरपालिका–८ पचुईमा हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेको छ ।

नेपालले आफ्नो भुमितर्फ नेपाल–भारत सीमा पिल्लर नम्बर ३८ देखि स्थानीय खट्टीखोलासम्म बनाउन लागेको दुईसय मिटर सडक कालोपत्रे गर्ने कार्य भारतीय पक्षले अवरोध गरेको छ।

सडक निर्माणको काम भइरहेको बेला ठुलो संख्यामा आएका भारतीय सीमा सुरक्षा बल (एसएसबीले नेपाली भुमिलाई दशगजा क्षेत्र भनेर सडक निर्माण कार्य रोकेको स्थानीय बासिन्दाहरुले बताएका छ। बेलौरी नगरपालिका-८ का वडाध्यक्ष नन्दकुमार रानाले दशगजा क्षेत्रमा परेको भन्दै भारतीय पक्षले गरेको अवरोधका कारण सडक निर्माण कार्य रोकिएको जानकारी दिए।

स्थानिय जनता सीमामा बसेर भारतीय दादागीरिकाबिरुद्ध लडिरहंदा न त सरकार यसबारेमा बोलेको छ , न सिमा बिबाद समाधान गर्न पहल नै गरेको छ।  तर कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले समस्या समाधानका लागि पहल गर्ने बताउछन् । प्रजिअ निरौलाले यसो भनिरहदा उनले सिमा बिबादको स्थायी समाधान गर्न संघीय सरकारले नै पहल गर्नु पर्ने धारणा राखे। 

गोविन्द गौतम मारिएको घटनापछि पनि दर्जनौंपटक भारतीय पक्षबाट नेपाली प्रताडित भएका छन् । भारतीय पक्षले सीमा क्षेत्रमा कुनै पनि गतिविधि गर्न दिदैंन । जंगली जनावरबाट बाली जोगाउन आफ्नै भूमिमा विद्युतीय तरबार लगाउँदा समेत भारतीय पक्षले अवरोध सिर्जना गर्दै आएको छ।

गत वर्ष वैशाख १२ गते पुनर्वास नगरपालिका–९ बीच फाटामा तार लगाउँदा अवरोध मात्रै गरेनन्, तारबार नै भत्काइदिएका थिए ।

कञ्चनपुर पुनर्वासका किरण सुनारका साथमा आफ्नै जग्गाको लालपूर्जा छ । तर जग्गा भने छैन । उनीसँग लालपूर्जा भएको जग्गा भारतीय पक्षले कब्जा गरेको छ ।
तर भारतीय पक्षले पुनर्वास नगरपालिका–११ डोके बजारमा भने एकपक्षीय रुपमा तरबार हाल्ने र ट्रेन्च खन्ने काम गरेको थियो । समन्वय नगरी ट्रेन्च निर्माण गर्दा त्यस क्षेत्र डुबानको समस्यामा पर्ने भन्दै निर्माण रोक्न नेपाली पक्षले माग गरे । स्थानीय र प्रशासनको दबाबपछि मात्र भारतीय पक्षले निर्माण रोकेको थियो ।


(२०७७ असार २३, मंगलवार) ०६:४७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना