सशस्त्र प्रहरीद्वारा ड़ा. भट्टराई पुत्री मानुशीको कपाल काट्दै गरेको फोटो भाइरल, सर्वत्र बिरोध


  • जनसंचार
  • सोमबार, २२ असार २०७७
  • 2.4K
    Shares

डा. बाबुराम पुत्री मानुशीको कपाल काट्दै सशस्त्र प्रहरी

नेपाली राजनीतिक जगतमा बेला बेलामा नेपाली सुरक्षा निकायको पुनर्संरचना गरिनु पर्ने आवाज उठ्ने गर्दछ।   हैन, नेपालको सेना पुलिस विदेशीसंग लड्ने त हैन, त्यसको संख्या घताउनुपर्छ भनेर जोडदार रुपमा आवाज पनि उठ्ने गर्छ।

तर ती सुरक्षाकर्मॆलाई भिभीआईपीहरुले दुरुपयोग गरेको भनेर बेला बेलामा समाचारहरु पनि सार्वजनिक हुने गर्दछ।  यसरी नेपाली सुरक्षाकर्मी दुरुपयोग गर्नेहरुको सूचीमा  अन्तिम पटक पुर्व प्रधानमन्त्री एबम जनता समाजवादी पार्टीका नेता ड़ा. बाबुराम भट्टाराईकी पत्नी एबम नेत्री हिसिला यमी र उनकी  छोरी मानुषी यमी पनि परेका छन्।

नेता ड़ा. बाबुराम भट्टाराईकी पत्नी एबम नेत्री हिसिला यमीले आइतबार सार्वजनिक गरेको एक फोटोले यतिबेला सामाजिक संजाल तातेको छ।

आइतबार भट्टराई श्रीमती हिसिला यमीले आफ्नै छोरी मानुषी यमी भट्टराईको कपाल सशस्त्र प्रहरी बलका जवानले काट्दै गरेको फोटो आफ्नो फेसबुक वालमा पोस्ट गरेकी छन् । उनले फोटो पोस्ट गर्दै लेखेकी छन्,‘मानुषीको कपाल एपीएफ भाइले काट्दै, जेकेन्द्र कपाल कटाइको निगरानी गर्दै ।’

सामान्यतया सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई घरायसी कामका लागि प्रयोग गर्नु श्रमषोषण मानिन्छ । ती सशस्त्र प्रहरी पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुर्व प्रधानमन्त्रीको हैसियतमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी हुन्।  नेत्री हिसिला यमीको यो फोटो सामाजिक संजालमा सार्वजनिक भएपछी यस्तो कार्यको सामाजिक संजाल्मै ब्यापक बिरोध शुरु भएको छ।

यसअघि पनि रास्ट्रपति बिद्यादेवी भण्डारीको जुत्ता हातमा लिएर हिंड्दै गरेका दुई सन्या क्रमचारीको फोटो भाइरल भएको थियो भने सशस्त्र प्रहरीकै एक आइजीको जुत्ताको तुना लाग्दै गर्दाको फोटो पनि बिबादित बनेको थियो।

नेपालमा पूर्वभीआईपीहरूको सुरक्षाका लागि भन्दै सरकारले सुरक्षाकर्मीको ब्यबस्था गरेको हुन्छ।  तर सुरक्षाक्रमॆलाई व्यक्तिगत र घरायसी काममा लगाउन पाइदैअन।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij