अज्ञात समूहद्वारा अन्धाधुन्द गोली चलाउँदा डीएसपीसहित आठ प्रहरी मारिए


  • जनसंचार
  • शुक्रबार, १९ असार २०७७
  • 2.5K
    Shares

भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा अज्ञात समूहले बिहीबार राति करिब एक बजे अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका छन्।  केही प्रहरीहरु घाइते छन् ।

लामो समयदेखि फरार रहेका अभियुक्त विकास दुवेलाई पक्राउ गर्न बिकरु गाउँ  पुगेका बेला प्रहरी टोलीमाथि घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ । प्रहरीको प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij