ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने झम्सीखेल बैठकको निर्णय, ओलीले चाल्न सक्ने तीन विकल्पका बारेमा तयारी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार १८, बिहीबार) ०७:०६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले केपी शर्मा ओलीको नेतृत्वमा सरकार चल्न नसक्ने निश्कर्ष निकाल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने सहमति गरेका छन्।

बुधबार बेलुका ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टमा स्थायी कमिटीका नेताहरुको भेलाले यस्तो निश्कर्ष निकालेको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता सहमत भएका छन् ।

पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो । बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।

४४ सदस्यीय स्थायी कमिटीमा ३० जनाको सहभागी रहेको थियो। योगेश भट्टराईलेआफू अर्को कार्यक्रममा जानु परेकाले आउन नसकेको भन्दै बैठकको निर्णयमा सहमति जनाएको स्रोतले बताएको छ ।

बैठकमा सहभागी एक नेताले भने ‘भोलि बिहान अध्यक्ष प्रचण्डले स्थायी कमिटीका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ, सर्वसम्मत निर्णय हुने सकेन भने बहुमतको निर्णय सबैले मान्नुपर्छ, केपी ओलीले पनि मान्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने तत्परता देखाउनुको साटो उल्टै बुधबार बिहान बालुवाटारमा गुटको बैठक राखेर चुनौतीदिएपछि आफूहरु झम्सीखेल बैठक गर्न बाध्य भएको उनले बताए नेकपा संसदीय दलमा पनि प्रधानमन्त्री ओलीको बहुमत नपुग्नेनेताहरुको दाबी छ । नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये बहुमत प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै भएको नेताहरुले दाबी गरेका छन्

झम्सिखेल बैठकमा सहभागी ३० नेताहरुको नामावली यस्तो छ!

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल,बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराजज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिकायादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुरामभुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल ।

केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको शैलीप्रति विरोध जनाउँदै प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् ।

विशेषतः आइतबार ओलीले आफ्नो सरकार ढाल्न दिल्ली र पार्टीभित्रकै केही नेता लागिपरेको अभिव्यक्ति दिएपछि नेकपाभित्र केही महिनायता मत्थर भएको विवाद फेरि ब्यूतिएको हो।

विवाद चर्किँदै जाँदा मंगलबार र बुधबार बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीको आलोचना गर्दै उनले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

आन्तरिक राजनीति पेचिलो बन्दै गएको बेला आज भएको ओलीविरोधी खेमाको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा समेतको सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वमाओवादी पृष्ठभूमिका भएपनि पछिल्लो समय ओली निकट देखिएका उनी आजको बैठकमा भने सहभागी भएका हुन् ।

यसरी सत्तारुढ नेकपामा प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीकाबिरुद्ध ठुलो जमात खडा भैरहदा यसले नेपाली राजनीतिमा ठुलो हलचल हुने अवस्था सिर्जना भएको छ।  आफ़ुबिरुद्द गुटबन्दी भएको अवस्थामा प्रधानमन्त्री ओलीको अघि तीनवटा बिकल्प रहेको ओलिबिरुद्ध लागेका नेताहरुको विश्लेषण छ।  ओलीले आफु कमजोर भएको अवस्थामा संकटकाल लगाउने, संसद विघटन गर्ने वा संसदीय दलमा बहुमत जुटाउने बिकल्प प्रयोग गर्न सक्ने उनीहरुको बुझाई छ।

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग बाक्लिएको भेटघाटका कारण पनि संकटकाल लगाउन खोजिएको त होइन भन्ने नेताहरुको आशंका छ । संसद विघटन गर्ने विकल्प असंवैधानिक भएको र यसलाई अदालतले सहजै उल्टाउने यो समूहका नेताहरुको विश्लेषण छ ।

नेकपा संसदीय दलमा पनि प्रधानमन्त्री ओलीको बहुमत पुग्दैन । नेकपाका एकसय ७४ सांसद छन् । उनीहरुमध्ये बहुमत प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै छन् ।
यो अवस्थामा अब प्रधानमन्त्री ओली सम्वादमा आउन चाहने हो भने सबैभन्दा पहिले पार्टीको निर्णय मान्छु, विधि पद्दति र विधान अनुसार चल्छु भनेर प्रतिवद्धता जनाउनुपर्ने र पार्टीको बहुमतले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्ने निश्कर्ष झम्सिखेल ले निकालेको छ ।


(२०७७ असार १८, बिहीबार) ०७:०६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना