तीन लाख रुपियाँ घुस रकमसहित पाल्पाका एक वडाध्यक्ष रंगेहात पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २४, शनिबार) १८:०३

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले तीन लाख रुपियाँ घुस रकमसहित पाल्पाका एक वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीका वडाध्यक्ष देवेन्द्र पुनलाई तीन लाख घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रंगेहात पक्राउ गरेको हो।

उनलाई शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक व्यक्तिसँग तीन लाख घुस लिने क्रममा आख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी सुरेश भुसालले काठको काम गर्ने एक व्यवसायीसँग काठ लिलाममा सहजीकरण गरिदिने भनी घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। ख्तियारको टोलीले पुनसँगै तीन लाख रकम पनि बरामद गरेको जनाएको छ।


(२०७७ जेष्ठ २४, शनिबार) १८:०३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना