यी हुन् विश्व स्वास्थ्य सङ्गठनले चासो दिएको कोरोना विरुद्ध खोप बनाउने डा. दास


  • जनसंचार
  • शनिबार, २४ जेष्ठ २०७७
  • 3K
    Shares

ललितकुमार दास

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडा स्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा को’रोना वि’रुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला स’म्बन्धमा चासो लिएको छ। अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले को’रोना वि’रुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्स मार्फत नेपाल सहित ७३ राष्ट्रका विज्ञसँग को’रोना वि’रुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिनुभयो। यसअघि उक्त प्रयोगशालामा उत्पादित औष धि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिनु भयो । “सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नु पर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले भन्नुभयो ।

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा डा दासले दुई महिनादेखि को’रोना भा’इरस विरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गर्नुभएको जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij