पोखरामा कोरोना संक्रमित देखिएकै दिन बिद्रोही ने.क.पा. समर्थित दुई बिद्यार्थी नेता पोखराबाट गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २४, शनिबार) ०८:४९

पोखरामा कोरोना संक्रमित देखिएकै दिन बिद्रोही ने.क.पा. समर्थित दुई जना बिद्यार्थी नेतालाई प्रहरीले शुक्रबार पोखराबाट गिरफ्तार गरेको छ।  प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा अखिल (क्रान्तिकारी) जिल्ला कमिटि कास्कीका सदस्य गगन परियार र भूगोल जिल्ला कमिटि कास्की सदस्य बीरेन्द्र थापा रहेका छन्।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका परियार काकीकै मादी गाउपालिका निवासी हुन् भने थापा अर्घाखांची निवासी हुन्।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एव पृथ्वीनारायण क्यामपस जिल्ला कमिटि अध्यक्ष प्रकाश बास्तोलाले उपचारका लागी मेडिकल जादै गर्दा पोखराको नयाँबजारबाट आफ्ना बिद्यार्थी नेताहरुलाई धरपकड गरेको भन्दै बिरोध गरेका छन्। तर जिल्ला प्रहरी कार्यालय कास्कीले मशाल जुलुश निकाल्ने तयारी गरिरहेको अवस्थामा उनीहरुलाई पोखराको लेकसाइडस्थित जरेवर नजिकबाट पक्राउ गरिएको जानकारी दिएको छ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एव पिएन क्यामपस जिल्ला अध्यक्ष प्रकाश बास्तोलाले त्यस गिरफ्तारीको आफ्नो फेसबुक मार्फत विरोध जनाउदै लेखेका छन। “कास्कीमा पुन : धरपकड सुरु भएको छ। रास्ट्रघाती सम्झौता MCC खारेजी अभियान चलिरहेको छ।  आज मात्रै अखिल क्रान्तिकारी कास्कीका जिल्ला सदस्य गगन परियार र अखिल क्रान्तिकारिकै एरिया कमिटी सदस्य बिरेन्द्र थापा मगर लाइ पोखरा नयाँ बजार नजिकै बाट उपचारको निमित्त मेडिकल जाने क्रममा समातिएको छ। कोरोनाको यो महामारिमा पनि राज्यले गरेको यो ब्यबहार अत्यन्तै निन्दनिय छ।यदि राज्यले विद्यार्थीको आवाजलाई दबाउन खोज्छ भने यो देशमा विद्यार्थीहरुले ईट्टाको जबाफ पत्थरले दिनेछन् !”

स्मरण रहोस, शुक्रबार मात्रै पहिलोपटक पोखरामा दुइजना कोरोना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।  ती दुवै जना पोखराको आलुमाइलाचोकका रहेका बताइएको छ।


(२०७७ जेष्ठ २४, शनिबार) ०८:४९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना