कस्केली जनतालाई एकाबिहानै दु:खद खबर : पोखरा र रुपामा गरी तीन जनामा कोरोना संक्रमण पुष्टि


  • जनसंचार
  • शनिबार, २४ जेष्ठ २०७७
  • 3.5K
    Shares

काठमाण्डौको ह्याम्स अस्पतालमा उपचाररत पोखरा -८ आलुमाइलाचोकका ५९ वर्षीय व्यक्तिमा कोरोना संक्रमण भएको खबर पाएका कस्केली जनताले शनिबार बिहानै कास्कीको रुपा गाउपालिकाका थप दुई जनामा कोरोना संक्रमण भएको नमिठो खबर सुन्नु परेको छ।  यो संगै गण्डकी प्रदेशको राजधानी रहेको पोखरा पनि कोरोना संक्रमणको खतराको सूचीमा उक्लिएको छ।

पोखराको रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहानै जारी गरेको प्रेस बिज्ञप्तिमा कास्कीमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।  कास्कीमा पहिलोपल्ट पुष्टि भएका कोरोना संक्रमित्मा पोखरा-८ आलुमाइलाचोकका ५९ वर्षीय व्यक्ति तथा कास्कीकै रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष रहेका छन्। कोरोना पोजिटिभ देखिएका रुपा गाउँपालिका वडा न-४,७ का वासिन्दा भारतवाट तिनदिन अगाडि आएका ब्यक्तिहरु रहेको बताइएको छ।  उनीहरु गाउपालिका पुग्नासाथ गाउपालिकाको क्वारेन्टाइनमा राखिएको थियो। प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले कोरोना संक्रमण देखिएका सबैलाई आइसोलेशनमा राख्ने तयारी भैरहेको जानकारी दिएका छन्।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रेस बिज्ञप्ति अनुसार, स्याङ्गजामा १० जना र वाग्लुङ्गमा तथा नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  त्यस बिज्ञप्ति अनुसार, स्याङ्गजाको वालिङ नगरपालिकामा ८ जना तथा हरिनास नगरपालिकामा २ जना, बाग्लुङको ताराखोलामा १ जना र नवलपुरको बिनय त्रिबेणी नगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij