रक्सी खाएको भन्दै प्रहरीद्वारा क्वारेन्टाइनमा बसेका युवकमाथि निर्घात कुटपिट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २४, शनिबार) ०७:३०

बझाङको मस्टा गाँउपालिकाको क्वारेन्टाइनमा वसेका एक युवकलाई प्रहरीले कुटपिट गरेको गरेको छ ।

बझाङ मस्टा गाँउपालिका वडा नँ ५ को जानकी निमाविको क्वारेन्टाइनमा वसेका झलक वोहरालाई मस्टा गाँउपालिकास्थित प्रहरी चौकी इञ्चार्ज राजेश भाटले कुटपिट गरेका हुन् । प्रहरीको कुटाईबाट घाइते बोहराको जिउभरि निलडाम रहेका छन्।  प्रहरीको थप यातना खाने डरले कसैलाई नभनी बसेका घाइते बोहरामाथि पटक-पटक प्रहरीले कुटपिट गर्न थालेपछि उक्त कुटपिटको घटना बाहिर आएको हो।

मस्टा गाँउपालिकाका प्रहरी चौकी इञ्चार्ज राजेश भाटले रक्सी खाएको कारण आफूले कुटपिट गरेको स्वीकार गरे।  उनले आफूसँग रक्सी खाएको मेडिकल रिपोर्ट समेत रहेको जानकारी दिए।

घाइते बोहराले भने अरु साथीहरु पसलमा गएर रक्सी खाएर आएको भएपनि प्रहरीले केही नगरेको तर आफुलाई आफूलाई मात्र पटक पटक विना कारण कुटपिट गरिएको गुनासो गरे ।

यता जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी गणेश वमले आफूलाई यस घटना बारे कुनै जानकारी नभएको र यस बिषयमा वुझ्ने बताएका छन् ।


(२०७७ जेष्ठ २४, शनिबार) ०७:३० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना