संक्रमितलाई एम्बुलेन्स र गाडीले बोक्न नमानेपछि प्रनि पाैडेलले गरे उद्धार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २३, शुक्रबार) ०७:१८

कपिलवस्तु- क्‍वारेन्टाइनमा ‘अलपत्र’ कोरोना सं’क्रमितलाई कुनै पनि गाडी र एम्बुलेन्सले ओसार्न नमानेपछि कपिलवस्तुका एक प्रहरी अधिकृतले पिपिई लगाएर पिकअप गाडी आफैंले चलाई बिरामीहरुलाई आइसोलेसनमा पुर्‍याएका छन् । तीन दिनदेखी ‘अलपत्र’ कपिलवस्तुको कृष्णनगर नगरपालिकाका कोरोना सं’क्रमित बिरामीहरुलाई प्रहरी निरीक्षक प्रताप पौडेलले उद्धार गरी आइसोलेसन वार्डमा पुर्‍याएका हुन्।

सं’क्रमितलाई बोक्न एम्बुलेन्स चालकसमेत डराएपछि पौडेल आफैं तयार भएका थिए। उनले पिपिई लगाएर नगरपालिकाका ६ वटा क्‍वारेनटाइनमा रहेका २२ सं’क्रिमतलाई ६ घण्टा लगाएर आइसोलेसनमा पुर्‍याएका थिए। कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरको मदरसास्थित आइसोलेसनमा सोमवार दिउँसो ३ बजेदेखि उनले ओसार्न सुरु गरेर राति ९ बजे सबै सं’क्रमितलाई उनले आइसोलेसनमा पुर्‍याएका थिए ।

प्रनि पौडेलले आफ्नो अनुभव सुनाउदै “क्‍वारेन्टाइनमा बसेका मानिसहरू डराएका थिए। संक्रमितहरु नजिक पर्छन् की भनेर झनै आ’त्तिए। त्यो देखेर मैले केही गर्नु पर्छ भन्‍ने आँट जागेको” बताए। पौडेलले अगाडि भने- ‘लामो समयसम्म पिपिई लगाउँदा बढी पसिना बगेको थियो। मलाई डर भने लागेन। शारीरिक रूपमा तन्दुरुस्त भएकाले जोखिम लिन तयार भएको थिएँ।’

यस अगाडि पनि कृष्णनगर सीमा क्षेत्रमा कोरोना संक्रमणबाट मृ’त्यु भएका अर्घाखाँची भूमिकास्थनका पुरुषलाई पौडेलले बोकेर एम्बुलेन्समा ल्याएका थिए।


(२०७७ जेष्ठ २३, शुक्रबार) ०७:१८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना