एमसीसीका पक्षमा लाग्ने सेतीमहाकालीका सांसद मन्त्रीलाई प्रवेश निषेधसहित जनकार्बाही गर्ने नेकपाको चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २३, शुक्रबार) ०६:५५

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवले रास्ट्रघाती अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ट कर्पोरेशन (एमसीसी) सम्झौतामा सहीछाप नगर्न सार्वजनिक अपिल गरे लगत्तै सोही पार्टीको सेतीमहाकाली ब्युरोले एमसीसी सम्झौताको पक्षमा लाग्ने सांसद र मन्त्रीलाई जनकारवाही गर्ने चेतावनी दिएको छ । नेकपाको सेती महाकाली ब्यूरो इन्चार्ज निर्माणले विहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

विहीबार जारी त्यस विज्ञप्तिमा  एमसीसी सम्झौतालाई संसदबाट पारित गरेर राष्ट्रघात गर्ने खेल सुरु भएको भन्दै एमसीसीको पक्षमा बोल्ने र लाग्ने सुदूरपश्चिमबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद–मन्त्रीहरुको नाम सार्वजनिक गर्नुको साथै जिल्ला प्रवेश निषेध तथा बहिस्कार गर्न र जनताको साथमा जनकारवाही गर्न जिल्लाहरुलाई निर्देशन समेत दिएका छन् । साथै इन्चार्ज निर्माणले एमसीसीविरुद्ध घोषणा गरिएका संघर्षका कार्यक्रमहरुलाई ब्यूरोमा सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी देशभक्त शक्तिलाई अपील समेत गरेका छन् ।

 इन्चार्ज निर्माणले त्यस बिज्ञप्तिमा कालापानीमा देखा परेको सरकारको क्षणिक नक्कली राष्ट्रवाद एमसीसीमा पोखिएको उल्लेख गर्दै सरकारले अमेरिकी सैन्य परियोजना एमसीसीलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटेर संसदबाट पास गर्न खोज्नु निन्दनीय र खेदजनक कार्य भएको जनाएका छन् ।

‘एमसीसी पारित गर्न खोज्नु नाङ्गो राष्ट्रघात हो र जनमतको उपहास हो” भन्दै विज्ञप्तिमार्फत उनले पार्टी केन्द्रले घोषणा गरेको विरोधका कार्यक्रमलाई बल पुग्ने गरी ब्यूरोले थप संघर्षका कार्यक्रम ल्याएको दाबी गरेका छन् ।

सुदूरपश्चिम सरकार र संसदलाई एमसिसिका बिरुद्ध खडा हुन विज्ञप्तिमार्फत आवान गरेका इन्चार्ज निर्माणले एमसीसीको बिपक्षीमा रहेका सेती महाकालीका सबै पार्टीभित्रका देशभक्त, बुद्धिजीवीहरु, संघसंगठनहरू, मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, कानुन व्यवसायीसहित सम्पूर्ण जनतालाई संयुक्त संघर्षमा जुट्न अपील समेत गरेका छन् ।

बिद्रोही ने.क.पा.को सेती महाकाली ब्युरोद्वारा जारी बिज्ञप्ति

 


(२०७७ जेष्ठ २३, शुक्रबार) ०६:५५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना