अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाल काठमाण्डौको माइतीघर मण्डलाबाट गिरफतार : बिना शर्त रिहाइको लागि दश बिद्यार्थी संगठनको माग

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २२, बिहीबार) ०७:०६

बिद्रोही ने.क.पा. समर्थित अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार काठमाण्डौको माइतीघरमण्डलाबाट गिरफ्तार गरेको छ ।

जातिय भेदभाव गरी हत्या गरिएका रुकुमका नवराज बिक लगायतका छ जनाको हत्या बिरुद्ध संयुक्त बिद्यार्थी संगठनहरुले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमबाट उनलाई गिरफ्तार गरिएको बताइएको छ।  उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ।

यसैबीच विभिन्न १० बिद्यार्थी संगठनले एक संयुक्त प्रेस बिज्ञप्ति निकाली अखिल क्रान्तिकारी अध्यक्ष चिरन्जिबी ढकालको गिरफ्तारीको बिरोध गरेका छन्।  उनीहरुले ढकालको गिरफ्तारीको बिरोध गर्दै बिना शर्त रिहाइको माग पनि गरेका छन्।  उनीहरुको संयुक बिज्ञप्तिमा, “सरकारी फाँसीवादी हर्कतले पंचायती शासन र जहानियाँ राणा शासनलाई सेट मात दिदै लोकतन्त्रको भद्दा मजाक गरिएको” उल्लेख गर्दै मानव अधिकारको समेत हनन गरिएको तथा निरंकुस र फाँसीवादी परिचय दिएको टिप्पणी गरिएको छ।  फेरी पनि दमन र धरपकड जारी रहे कडा संघर्षका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने सो संयुक्त हस्ताक्षरित बिज्ञप्तिमार्फत चेतावनी दिइएको छ।

अखिल क्रान्तिकारी अध्यक्ष चिरन्जिबी ढकालको गिरफ्तारीबिरुद्ध १० बिद्यार्थी संगठनले जारी गरेको बिज्ञप्ति
अखिल क्रान्तिकारी अध्यक्ष चिरन्जिबी ढकालको गिरफ्तारीबिरुद्ध १० बिद्यार्थी संगठनले जारी गरेको बिज्ञप्ति

(२०७७ जेष्ठ २२, बिहीबार) ०७:०६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना