बिद्रोही ने.क.पा.द्वारा एमसीसीबिरुद्ध प्रचारात्मक संघर्ष कार्यक्रम घोषणा : सम्झौता पारित गरे प्रतिरोध गर्ने चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १९, सोमबार) ०८:२९

नेपालमा सर्वत्र बिरोध भैरहेको अमेरिकी सहयोग सम्बन्धि एमसीसी सम्झौता संसदबाट पारित हुने परिस्थिति सिर्जना भएपछी बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले त्यसका बिरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ।

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी गरी एमसीसीविरुद्ध विभिन्न प्रचारात्मक सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन्।  उनले आफ्नो वक्तव्यमा आमहड्ताल  गर्ने भने पनि मिति भने उल्लेख गरेका छैनन्।

बिद्रोही ने.क.पा.ले गरेको प्रचारात्मक संघर्षका कार्यक्रमहरुमा २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी गराएका छन् ।

बिद्रोही ने.क.क.पा. महासचिब विप्लवले सोही वक्तव्यमार्फत एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाल कम्युनिस्ट पार्टीले यसको सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी उनको रहेको छ। साथै उनले नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन पनि अनुरोध गरेका छन् ।

नेपालमा एमसीसी सम्झौता गरिनुहुन्न भन्ने जनमत धेरै रहेको उल्लेख गर्दै त्यस वक्तव्यमार्फत उनले  एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष आग्रह गरेका छन्।

वक्तव्यको अन्त्यमा महासचिव विप्लवले भनेका छन्, ‘हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ । विज्ञप्तिको पूर्णपाठ…


(२०७७ जेष्ठ १९, सोमबार) ०८:२९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना