वर्गीय मुक्ति आन्दोलनमा समाहित दुई कमान्डरहरुद्वारा आत्महत्या : एक थिए- सुर्खेत जेलब्रेकका योद्धा बबर, अर्का बिद्रोही ने.क.पा. महासचिव बिप्लवका पूर्व अंगरक्षक रेशम

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १८, आईतवार) १८:१४

सर्वहारावर्ग वर्गको राज्यसत्ता स्थापना गर्न दश वर्षे जनयुद्धमा होमिएका दुई जना कमाण्डरहरुले यति बेला आएर आफ्नो भबिश्य अन्धकार देखेपछि आत्महत्या गरेका छन्।  यसरी आत्महत्याको बाटो रोज्ने पुर्व जनमुक्ति सेनाका कमान्डरहरुमा चर्चित सुर्खेत जेलब्रेकका योद्धाहरुमध्येका एक डोल्पाका लोकबहादुर चलाउने ‘बबर’ र रोल्पा जेल्बाङ निवासी रेगबहादुर पुनमगर ‘रेशम’ .

पार्टीमा बबरको नामले चिनिएका लोकबहादुर चलाउने आफ्नो त्याग र बलिदानीको कुनै कदर नभएपछि रुष्ट हुँदै गएका थिए । उनी समेतका १५ जना आस्थाका बन्दीहरूले १९ वर्षअघि २०५८ माघ २ गते सुर्खेतमा जेल ब्रेक गरेका थिए ।

आफ्नो सम्पूर्ण सम्पत्ति पार्टीकरण गरेर पार्टीकै लागि समर्पित ६० वर्ष उमेर नाघेका डोल्पाका क्रान्तिकारी नेता लोकबहादुर चलाउने ‘बबर’ले बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा पर्ने भेरी नदीमा हाम फालेर आत्महत्या गरे।  केही समय यता शारीरिक रुपमा अशक्त हुनुका साथै बिरामी रहेका नेता चलाउनेले आफ्नो उपचारका लागि सहयोग गरिदिन भन्दै पार्टी र प्रदेश सरकारको ढोका धाउनुसम्म धाए।  तर उनले कसैको सहयोग पाएनन।  अन्तत: उनले भेरी नदीमा हामफालेर आत्महत्या गर्ने निधो गरे र भेरीमै हेलिए।

जनयुद्धको सुरुवात देखि नै पुर्णकालिन कार्यकर्ता भएर हिडेका उनैले गरेको योगदानले बनेको पार्टी र कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग त गरेन नै।  उनको मृत्युपछि पनि पार्टीले बेवास्ता गर्यो।  हरेक कम्युनिष्ट पार्टीको कार्यकर्ता मृत्युपछि हँसिया हथौडा अंकित रातो झण्डा ओढ्न पाउने आशाका साथ मुक्तिसंघर्षमा हाम फालेको हुन्छ।  त्यही आशाका साथ् स्सम्पूर्ण सम्पत्ति पार्टीकरण गरेर मुक्तिसंघर्षमा हाम फालेका नेता चलाउनेको शवमा सत्तारुढ नेकपाले पार्टीको झण्डा त ओढाएन नै, उनको नाममा श्रद्धान्जली दिन दुई शब्द पनि खर्च गरेन।

लामो समय शारीरीक हिसाबले बिरामी परेका चलाउनेको केहि समय अगाडि श्रीमतीको निधन भएको थियो । श्रीमतीको निधनपछि उनि छोरीको घरमा बस्दै आएका थिए । उनका दुइवटी छोरी डोल्मा र शान्ति रहेका छन ।

यसैगरी बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिब बिप्लवको अंगरक्षक भै काम गरिसकेका रेगबहादुर पुन मगर ( क.रेशम)ले पनि आत्महत्या गरेका छन्।

दश वर्षे जनयुद्धमा देशभरीबाट सबैभन्दा बढी सहादत प्राप्त गरेको गाउँ रोल्पाको जेल्बाङ निवासी रेगबहादुर पुन मगरले यही जेष्ठ १४ गते आत्महत्या गरेका हुन् ।
रेग्भाहादुर पुन मगर 'रेशम'
रेग्भाहादुर पुन मगर ‘रेशम’
जनयुद्धमा यस गाउँबाट मात्र ७३ जना महान् योद्धाहरुले देश र जनताको मुक्तिको लागि बलिदान गरेका छन् ।यहाँ कैयौंको सिन्दुर पुछिएको छ, कैयौं बालबालिकाहरु टुहुरा बनेका छन् भने कैयौं आमाहरुको काख रित्तिएका छन् । यसका अतिरिक्त कैयौं घाइते तथा बेपत्ताको सूचीमा नाम छ । कैयौं घरवार विहीन भएका छन् । यहाँका आफ्ना मान्छेका सहादत र आफूले भोगेका पीडालाई देश र जनताका लागि समर्पण भएको सम्झन्छन्।  यसर्थ पनि यस गाउँलाई शहीद गाउँ, बलिदानी गाउँ लगायत उपनामले पनि चिनिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्था अनुसार यो जेल्बाङलाई अहिले सुनछहरी गाउँपालिकाको वडा नं. ७ मा समावेश गरिएको छ ।

(२०७७ जेष्ठ १८, आईतवार) १८:१४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना