भारतबाट आएका एक नेपालीद्वारा क्वारेन्टाइनमै झुण्डिई आत्महत्या

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १७, शनिबार) २१:१९

भारतबाट आएपछी गाउँमा रहेको क्वारेन्टाइनमा बसेका गुल्मीका  एक व्यक्तिले क्वारेन्टाइनमै झुण्डी आत्महत्या गरेका छन्।  गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार खाना खान नआएपछि खोजि गर्दै जाँदा नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर झुण्डी आत्माहत्या गरेको अवस्थामा फेला परेको गुल्मी प्रहरीका प्रमुख एसपी)राजेन्द्रसिंह खड्काले जानकारी दिए।  .

छत्रकोट गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए । खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताए ।

शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


(२०७७ जेष्ठ १७, शनिबार) २१:१९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना