रेडियो नमस्तेकी सञ्चारकर्मी विफा चौधरीको अज्ञात समूहद्वारा हत्या प्रयास

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १७, शनिबार) ०९:०५

कैलालीको टीकापुरस्थित रेडियो नमस्तेकी संचारकर्मी एवं प्राविधिक विफा चौधरीको शुक्रवार राति अज्ञात समूहले हत्या प्रयास गरेको छ ।

टीकापर नगरपालिका वडा नं.–१ ब्लक नं.–१६ मा डेरामा बस्दै आएकी २२ वर्षीया चौधरीलाई शुक्रवार राति करिव ९ बजे तीन जनाको समूहमा आएको अज्ञात समूहले उनकै कोठाभित्र हत्या प्रयास गरेको बताइएको छ ।

कोठामा बत्ती वालेर शौचालय गएकी विफाले कोठामा फर्किदा बत्ती निभेको देखेपछी कोठाभित्र पस्दा मुखमा कालो रङ्गको मास्क लगाएको तीन जनाले  आफुलाई नियन्त्रणमा लिएर आफ्नो हत्या प्रयास गरेको पिडित संचारकर्मी चौधरीले बताएकी छिन् । उनले भनिन्–‘दुई जनाले हात मुख समातेर नियन्त्रणमा लिए। अर्काले झुण्डयाउन आफ्नो दोपट्टा बाँध्दै ‘कर्ण कुँवरको रेडियोमा काम गर्ने जथाभावी समाचार लेख्ने बोल्ने यसलाई मार्नु पर्छ भन्दै मेरो मुख थुने। ‘

विफाले वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति धनञ्जय रिमाल फकिरलाई भिनाजु मलाई मार्न लागे बचाउनु भन्दै फोन गरेपछि उनीहरू भागेको बताइएको छ ।

विफालाई वेहोश अवस्थामा प्रहरीले उद्दार गरेर टीकापुर अस्पताल पुर्‍याएकोमा उपचारपछि उनी शनिवार विहान १ बजे डिस्चार्ज भएकी छिन ।

उनी डेरामा एक्लै वस्दै आएकीछिन् भने स्वास्थ्यकर्मी समेत रहेका घरधनी शुक्रवार राति क्वारेन्टाइनमा ड्युटीमा गएकी मौका छोपी डेरामा एक्लै वस्दै आएकी संचारकर्मी चौधरीमाथि आक्रमण भएको बताइएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी मनोहरप्रसाद भट्टका अनुसार, घटनाको खबर पाउने वित्तिकै ५/७ मिनेट भित्र पुगेको प्रहरीले विफालाई हात खुट्टा बाँधिएको, मुख र घाँटीमा टेप लगाइएको अवस्थामा रक्ताम्मे फेला पारेको थियो । प्रहरीले उनको हात दोपट्टाले कडासँग बाँधेको अवस्थामा फेला पारेको बताएको छ । विफाको हात ब्लेडले चिरिएको र निधारमा चोट लागेको अवस्थामा भेटिएको थियो।  प्रहरीले उनको कोठाबाट उनले प्रयोग गर्दै आएको फोन, रगत लतपतिएको कपडा, दुई वटा ब्लेड बरामद गरेर अनुसन्धान शुरू गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी मनोहरप्रसाद भट्टले घटनालाई विभिन्न कोणबाट सूक्ष्मरूपमा अनुसन्धान भइरहेको र दोषीको पहिचान गरी कानुनी दायरामा ल्याइने बताए ।


(२०७७ जेष्ठ १७, शनिबार) ०९:०५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना