४६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या सातसय ७२

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १३, मंगलवार) २०:०६

हालसम्म देशका ४६ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ।  मंगलबार मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। यो सहित देशभर कोरोना संक्रमितको संख्या  सात सय ७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार, मंगलबार मात्रै कपिलवस्तुमा २६ जना संक्रमित थपिएका छन्। रौतहटमा २२ जना संक्रमित थपिएका छन्। त्यस्तै बारामा ५ र सिराहामा ४ जना संक्रमित थपिएका छन्। बारामा भेटिएका २ जना जुम्लाका हुन्।

त्यस्तै सुर्खेतमा १२ जना संक्रमित थपिएका छन्। बाँकेमा ७ जना संक्रमित थपिएका छन्। स्याङ्जा, महाेत्तरी, गुल्मी र अर्घाखाँचीमा २–२ जना संक्रमित थपिएका छन्। रुपन्देही, धनुषा, अछाम र कैलालीमा १-१ जना संक्रमित थपिएका छन्।

अहिलेसम्म कोरोना संक्रमितमध्ये १ सय ५५ जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, भारतीय सीमा नाकाबाट उदद्धार गरिएका स्याङ्जाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले सुनौली नाकाबाट ल्याइएका दुई जनमा कोरोना संक्रमणढ भएको पुष्टि गरे । उनीहरुको पोखराको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

वालिङ नगरपालिकाले सुनौली नाकाबाट चार दिनअघि ७ जनालाई गाडी पठाएर उद्धार गरेको थियो ।  भारतको दिल्लीदेखि रेलमा चढेर सुनौली नाकासम्म आइपुगेका उनीहरुले नाकामा आएर फोन गरेपछि नगरपालिकाले नै उद्धारका लागि गाडी पठाएको मेयर खाँडले जानकारी दिए।

उनीहरुलाई पुतलीबजार  जिल्ला अस्पतालको आइसोलेसनमा राख्न पुतलीबजार पठाएका हौं ।’

जिल्लामा आइसोलेसनमा राखेर उनीहरुको उपचार गर्ने र अन्यको पनि परीक्षण बढाउने प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

उनीहरुसँगै आएका अन्य ५ जना भने वालिङ नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको नतिजा नेगेटिभ आए पनि पुन परीक्षणको तयारी भइरहेको मेयर खाँडले जानकारी दिए । अहिले वालिङ नगरपालिकाको क्वारेन्टाइनमा ६५ जना छन् ।


(२०७७ जेष्ठ १३, मंगलवार) २०:०६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना