नेशनल मेडिकल कलेजका डाक्टरले सरकारी अस्पतालका डाक्टरलाई अपमानित गरेपछि बीरगंजमा डाक्टरबीच कुटाकुट , एक डाक्टर घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १३, मंगलवार) १८:१०

सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट हुँदा एक जना चिकित्सक घाइते भएका छन् ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच कुटाकुट भएको हो । सो कुटाकुटमा परेर नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका छन्।

एनएमए नारायणी जोन ब्रान्च नाम भएको ह्वाट्सप ग्रुपमा डा. मधुरञ्जन सिंहले लामो समयदेखि सरकारी अस्पताल र चिकित्सकलाई गाली गलौच गर्दै नकारात्मक टिप्पणी गर्दै आएका  र अस्पतालका जुनियर चिकित्सकहरुले त्यसको प्रतिवाद गरेपछि विवाद सिर्जना भै कुटाकुटमा परिणत भएको बताइएको छ। नारायणी अस्पतालमा कार्यरत डा. दीपक चौरसिया, साहबुद्दिन र डा. मधुरन्जन सिंह लगायतबीच हात हालाहाल भएको हो ।

ह्वाट्सपको त्यस ग्रुपमा डा. मधुरञ्जन सिंहले “सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, मेसिनले पनि राम्रोसँग काम गर्दैन। “भनेर लेखेका थिए।  त्यस लेखाइप्रति आक्रोशित  नारायणी अस्पतालका जुनियर चिकित्सकहरुले ‘संकटको घडीमा मेहनत गर्ने चिकित्सकहरुको मनोबल गिर्ने गरी नबोल्न ‘सुझाव दिँदा २/३ जना मानिस लिएर क्वारेन्टाइन स्थलमै विवाद गर्न आएको नारायणी अस्पतालका जुनियर चिकित्सकहरुले बताएका छन् ।

नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्दै आक्रमणमा उत्रेको थियो  । सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका थिए ।

क्वारेन्टाइन स्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई मिलाएको प्राप्त समाचारमा जनाइएको छ।

यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको महामारीसँग लड्न अग्रपंक्तिमा रही व्यस्त रहेको समयमा जुनियर चिकित्सकहरुबीच विवाद गर्नु उचित होइन । त्यसैले दुवै पक्षलाई मेलमिलाप गराइसकेका छौं ।’


(२०७७ जेष्ठ १३, मंगलवार) १८:१० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना