कोरोना भाइरसकाकारण बिहीबारसम्म तीन नेपालीको मृत्यु, चारसय ५७ संक्रमितमध्ये अधिकांश भारतबाट आएका नेपाली

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ ९, शुक्रबार) ०७:४५

देशभर बिहीबारसम्म तीनजनाले कोरोना भाइरस्काकारण ज्यान गुमाएका छन् भने कुल चार सय ५७ जनामा कोरोन भाइरस संक्रमण देखिएको छ।

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको बिहीबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, निमावि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसअघि कोरोना संक्रमणका कारण नेपालमा सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिला र बाँके नरैनापुरका २५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यस्तै, बिहीबार देशभरमा ३० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३० जनामध्ये झापाका मात्र २३ जना छन्। उनीहरू सबै भारतबाट आएका झापा, कचनकवल गाउँपालिकाका वासिन्दा हुन्।

यस्तै अन्य संक्रमितहरूमा बाँकेका २, कपिलवस्तुका २ र सुनसरी, धनकुटा, दाङका एक-एक जना छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमित संख्या ४ सय ५७ पुगेको छ।


(२०७७ जेष्ठ ९, शुक्रबार) ०७:४५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना