नेपाली झण्डा बोकेर भारतले मिचेको नेपाली भुमि लिपुलेक हिडेका युवा नेपाल प्रहरीद्वारा गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ ९, शुक्रबार) ०६:३१

नेपाली भूमि मिचेर भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेपछि नेपालमा जनस्तरमा व्यापक विरोध भइरहेको छ । सरकारले पनि कालापानी, लिपुलेक क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरिसकेको छ । तर भारतद्वारा मिचिएको लिपुलेक जान भनी नेपालको राष्ट्रिय झण्डा बोकेर हिँडेका सात जनालाई नेपालका प्रहरीले गिरफ्तार गरेका छन्।

उनीहरुलाई दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको तुम्लिङ क्षेत्रबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । तर प्रहरीले उनीहरुलाई लकडाउन उल्लंघन गरेको आरोप लगाएको छ ।

दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टले ‘कालापानी जाँदा एसएसबीले नै कुट्न सक्ने भएकाले उनीहरुलाई अप्रिय घटना हुन् नदिन नियन्त्रणमा लिइएको जानकारी दिए।  अद्यापि उनले सरकारद्वारा घोषित लकडाउन उल्लंघन गरेकाले पक्राउ गरिएको जानकारी दिए। गिरफ्तारीमा परेका व्यक्तिबारे थप अनुसन्धान हुन बाँकी रहेको उनले जनाए ।


(२०७७ जेष्ठ ९, शुक्रबार) ०६:३१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना