तत्कालिन विद्रोही माओवादी नेताको एके ४७ चोरी गरेर भागेका मधेस मुक्ति टाइगर्सका सुनसरी इज्चार्ज कृष यादव पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ ९, शुक्रबार) ०६:०७

तत्कालिन विद्रोही माओवादी नेताले बोकेको एके ४७ राइफल चोरी गरेर भागेका तात्कालिन मधेस मुक्ति टाइगर्सका सुनसरी इज्चार्ज कृष भनिने कृष्णकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

नेपालको सुनसरी, सप्तरी र भारतको बिहारमा प्रहरीको खोजी सूचीमा रहेका उनलाई प्रहरीले मगलबार साँझ सुनसरीको भोक्राहबाट पक्राउ गरेको हो।  दुई देशको प्रहरीको खोजी सूचीमा रहेका यादव दुई महिनायता कोसी नदीको तटबन्ध बनाउने कामको ठेकेदारको रूपमा सुनसरी आएको बखत उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

बीआर ५० पी १२४१ को स्कोरपियोसहित पक्राउ परेका सप्तरी कंकालिनी नगरपालिका १४ का ३६ वर्षका यादवको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली र केही लागूऔषध बरामद गरेको एसपी कमल थापाले जानकारी दिए।  ।

तात्कालिन माओबादी नेताको एके ४७ नामको अत्याधुनिक अतियार चोरी गरेर भागेका यादबसंग सोही हतियार हुनसक्ने सुचना पाएको प्रहरीले उनी पक्राउ पर्दा भने एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद गरेको थियो।

प्रहरीले यादब पक्राउ परेपछि उनको आपराधिक पृष्ठभुमिको खोजी शुरु गरेको छ।  यादवमाथि सप्तरीमा भएका केही हत्याका घटनामा संलग्नताको आशंकामा अनुसन्धान भइरहेको छ ।

यादवमाथि भारतको सुपौल जिल्लामा पनि फिरौती मागेको र हत्या गरेको आरोप छ । तर आपराधिक गतिविधिका विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको थापाले बताए ।

यादवमाथि  तत्कालिन विद्रोही माओवादी नेताले बोकेको एके ४७ राइफल चोरी गरेर भागेका थिए । सो हतियार अझै उनकै साथमा रहेको प्रहरीलाई सूचना थियो । त्यस्तै सप्तरीमा एक प्रहरी अधिकृतको हतियार खोसेको आरोप पनि छ । प्रहरी स्रोतका अनुसार २०६३ को मधेस आन्दोलनको समयमा सप्तरीको दुईवटा वटा हत्याका घटनामा उनको संलग्नताको आरोप छ । त्यस्तै गत वर्ष कोशी ब्यारेजको पश्चिम दक्षिण तटबन्ध छेउमा हत्या गरी शव फालिएको घटनामा पनि उनको संलग्नताको विषयमा अनुसन्धान भइरहेको छ ।


(२०७७ जेष्ठ ९, शुक्रबार) ०६:०७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना