“फूलको अवसान” : पुष्प बिश्वकर्मा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ ३, शनिबार) १६:५९

सदियौ गाए गितमा ,
मानी जन का हितमा,
तिम्रा विजयका जुलुसमा,
ठानी हितमा मुलुकका,
बगैचा सुन्दर यै देश मानी,
जनलाइ यसका फूल ठानी,
बसे थे मौनता मा……..!

जब….
हिर्कायौ आगाका फिल्का हरु,
मिल्कायौ आशाका झिल्का हरु,
न्याय, अधिकार समानताका..
खन्याइ छर्राहरु बगैचा,फुलमा,
हिंसाका विभेदका……
अपराधि लुकाइ , पिडित झुकाइ,

तब……
फूलहरुको अवसान भयो ,
फूल हरु आगो भए..!!

जानी लेउ,
एक फूल जब आगो बन्छ,
यो भन्छ…
यो ओसामाविन बन्छ, वारुद बन्छ,
यो आइ. एस. आइ. एस बन्छ,
जब तिम्रा,
दरिद्र चिन्तन सम्झन्छ,
अन्त्यष्टीको खाडल खन्छ,
तिमलाइ हार्दिक श्रद्धाञ्जली भन्छ!!!

हो..! यो पक्का हो…!!
यि भावनाका आशु नसम्झ,
विचारका वारुद लिइ सम्झ,
सोचे धेरै, सहे धेरै..
यि अनलोड कलममा गरुकी, बन्दुकमा गरुकी…
कि वलिदान गरि जिन्दगिको,
कि आफै मरुकी..!!

एक अठोट मा आए अन्ततः
थिची कलमको घाटी लेख्छु,
नर्कका राक्षस को अन्ततः
अवसानको चिठी लेख्छु,
यमराज लाइ पठाउछु..!!
भन के लिइ आउँ ??

कलमका अक्षर ल्याउकी?
कमलका फूल लिएर आउँकि??
वारुदका छर्रा ल्याउकि?
युद्धको निम्तो दिन आउँ??

तिम्रा लागी त जिवन भर लडे,
आफ्ना लागी पो ज्युदै मरे,
लडाइ अब यो लड्नेछु ,
मानवता, आत्मसम्मान मानवको,
तेरो आरक्षण फिर्ता गर्ने छु..!
अन्तिम श्वास सङ लड्नेछु,

अन्त्यष्टिका लागी एक दानवको!!
भन कति निल्ने , कति ओकल्ने?
तिम्रा अज्ञानका आशु कति झेल्ने?
धर्मका नाउमा , संस्कृतिका नाउमा,
दतिद्रताका असभ्यताका गल्ती,
जो मानी रहे छौ आफ्ना चलनचल्ति,

भन ..!!!!
शिक्षित र शभ्य को हुन जरुरी छ??
जब एक फुलको सहादत हुन्छ गल्ति,
घर , पानी छोएको नाउमा….!!!
हेरि कुकर्म तिम्रा धर्मका-गुरुका,
दुष्प्रचार गर्न्या शुरुका-गुरुका,
भाइ सज्जन हिड्छन शिर निहुराइ,
कुसंस्कार तिम्रा मान्न नचाहि,
दिएका विल्ला उनका भिराइ.!!

सोचेको थिएं, अहिले आएर यो कुरा गर्न जरुरी छैन ..!!
छ!! रहेछ!!
मेरो प्रश्न संस्कार , र सत्ता लाइ हो,
मानव नभै सकेका मान्छे लाइ हो।
मानव भै सक्नु भएका सबै लाइ सम्मान हो।  🌹
(धर्म , जात, राजनैतिक आस्था भन्दा पहिले हामी मान्छे हौ.! हामी भाइ -भाइ हौ! यो बिभेद ( जातिय, लैङिक, भौगोलिक…) भन्ने आदेश यदि स्वयम भगवान आफैले उच्चारण गरेका शब्द हुन भने पनि अब मेरो/ मानव समुदाय को बाकी उमेर भगवानसङ लडाइ हो/ हुनु पर्छ !


(२०७७ जेष्ठ ३, शनिबार) १६:५९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना