मार्छौँ कि मर्छौँ अब : गीता भट्टराई संगीतप्रेमी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख ३१, बुधबार) २२:३८

कविता : शीर्षक मार्छौँ कि मर्छौँ अब
छन्द शार्दूलविक्रीडित
रचना अन्चल बान्तवा
वाचन गीता भट्टराई संगीतप्रेमी

रुन्छन् आज कठै गुराँस वनका,पातै र थुङ्गा सबै
ट्वाल्लै छन् लिपुलेकमा हुकुमका,माटो र ढुङ्गा सबै
नाचे सर्प जसै घिचेर भतुवा,पाए सपेराहरु
मेरा आँत सबै सुके मुलुकका,भन्छन् पखेराहरु

गर्छौं देश रहे रहिन्छ म युवा,त्यो दुष्टको सामना
गर्नैपर्छ पिढीँ बचाउन परे,त्यो कष्टको सामना
सीमा रामु बले सुरेश कमला,जाग्नै परेको छ हो
आफ्नै देश कठै यहाँ भिक सरी,माग्नै परेको छ जो

के बोल्थे बिचरा गुलाम पदका,सातो निकाल्छन् जब
सत्ताको हठ त्यो थुतेर जनता,आएर ढाल्छन् पख
पुर्खाको धन यो बचाउन मिली,केही त गर्छौ अब
खै भुत्ते खुकुरी कहाँ छ घरको,मार्छौ कि मर्छौ अब


(२०७७ बैशाख ३१, बुधबार) २२:३८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना