जस्तोसुकै दृश्य दिन तयार नायिका उषा खनाल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख २५, बिहीबार) २२:५३

कलाकार र समाजसेवि बन्ने चहाना बोकेकी नायिका उषा खनाल अहिले यहि क्षेत्रमा निरन्तर लागिरहेकी छन् । पछिल्लो समय व्यस्त रहेकी नायिका खनालले विगत आधादशकदेखि नेपाली कलाक्षेत्रमा आफ्नो कलाकारिता पस्कदै आईरहेकी छन् ।

डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी खनाल निर्माणधिन चलचित्र ‘बीर बहादुर’मा अनुवन्ध भएकी छन् । पश्चिम, दाङमा जन्मेकी उनले स्कुले जीवनदेखि नै सडक नाटक र साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउने गरेको बताउँछिन् । चलचित्र ‘बीच बाटो’बाट करियर शुरु गरेकी उनले चलचित्र ‘झमेला’, ‘लाले’, ‘खतरनाक’, आदिमा आफ्नो अभिनय देखाई सकेकी छन् भने ‘बदलेकी आग’, ‘दि आर्टिष्ट’ नामक भोजपुरी चलचित्रमा पनि उनले काम गरेकी छन् ।

उनले दुबई, मलेशिया, युरोपको विभिन्न मुलुकमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउदै आईरहेकी छन् । कलाकार भएपछि चलचित्रको कथालाई न्याय हुन्छ भने जस्तोसुकै दृश्य दिन पनि आफु पछि नपर्ने उनको भनाई छ । मिलनसार स्वभाव, स्पष्ट ब्यवहारका कारण सुटिङ युनिटमा उनी सबैको प्यारो हुने गर्छिन।

उनी लभ म्यारिज पनि हैन फुल्ली अरेन्ज म्यारिज पनि हैन लभ पछी मागेर गरिने अरेन्ज म्यारिज मन पराउछिन । उनलाई लुकमा मात्र देखिने ह्यान्डसम युवा मन पर्दैन उनलाई बानीव्यहोरा र स्वभाब राम्रो भएको युवा मन पर्छ रे ।

उषा खनाल

उषा खनाल


(२०७७ बैशाख २५, बिहीबार) २२:५३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना