पोखराको बाटुलेचौरका जनतामाथि प्रहरीद्वारा निर्मम तरीकाले लाठी तथा मुक्का प्रहार (हेर्नुस भिडियो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख २५, बिहीबार) ०४:२३

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरका जनतालाई प्रहरीले बुधबार दिउँसो निर्मम तरीकाले मुक्का प्रहार गर्नुका साथै लाठी प्राहर गरेको छ।

जातीय भेदभाव गरेको अभियोगमा पक्राउ परेका आफन्त तथा छिमेकी रहेका उनीहरुलाई प्रहरीले निर्मम तरीकाले लखेटी लखेटी लाठीचार्ज गरेको थियो।

पोखरा-१६ कै मोहन सुनारको उजुरीका आधारमा जातीय भेदभाव गरेको अभियोगमा प्रहरीले बाटुलेचौरका राम जीसी र जनक थापालाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको थियो।  सुनारले जातीय भेदभाव गरेको आरोप लगाएपनि त्यस क्षेत्रमा कुनै जातीय भेदभाब नभएको र सामाजिक सद्भाव रहेको जिकिर गर्दै पक्राउ परेका जीसी र थापाको समर्थनमा बाटुलेचौरका जनता जिल्ला प्रहरी कार्यालय कास्की अघि भेला भएका थिए।  त्यही बेला पक्राउ परेका जिसी र थापालाई मेडिकल जांच गर्ने भन्दै प्रहरीले पैदल हिंडाएर जिल्ला प्रहरी कार्यालय कास्की परिसर बाहिर रहेको भ्यानतर्फ लागेको देखेपछि उपस्थित उनका समर्थकहरुले प्रहरीलाई केही बेर अवरोध गरेका थिए। त्यसपछि प्रहरीले लाठीचार्ज गरेको थियो।

प्रहरीले निर्मम तरीकाले लाठीचार्ज गर्नुका साथै मुक्का हान्न थालेपछि आक्रोशित जनताले ढुंगा समेत हानेका थिए भने उनीहरु मध्येका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले उपस्थित भिडलाई लाठीचार्ज गरेर तितरबितर गरेपछि प्रहरी भ्यानमा राखेर मेडिकल जाँचका लागि अस्पताल लागेको थियो।  जातीय भेदभाव गरेको आरोप लागेका राम जिसी र जनक थापालाई प्रहरीले पक्राउ गरेपनि प्रदेश सांसद एबम सत्तारुढ नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाका भाई देबबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छैन।  अद्यापि हाल फरार भनिएका देबबहादुर थापालाई पनि कास्की प्रहरीले पक्राउ गरेको समाचारस्रोतको दाबी थियो।

अभियुक्तद्वय जिसी र थापालाई मेडिकलका लागि अस्पताल लगेपछि फेरी जम्मा भएको भिडलाई पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले सम्बोधन गरेर उपस्थित जनतालाई यथार्थ जानकारी गराएका थिए।

वडाध्यक्ष आचार्यले काकी जिल्ला अदालतको आदेश लिएर राम जिसी र जनक थापा पक्राउ परेकाले उनीहरु कानुनि प्रक्रिया पुरा गरेपछि मात्र छुट्ने जानकारी   गरेका थिए।  उनले स्थानीय बासिन्दा समेत रहेका मोहन सुनारले घटनालाई अतिरन्जित गरेको आरोप लगाउदै उबलाई हरेक क्रियाकर्म र बिबाह भतेरमा दाजु-भान्जाका रुपमा सबैले बोलाएको र उनका बाबुको मृत्यु हुँदा समेत स्थानीय जनताको उल्लेख्य सहभागिता रहेकाले बाहिर प्रचारमा आएजस्तो जातीय विभेद नरहेको जिकिर गरे।  उनले त्यसो भनिरहदा नेपालको कानुनले छोराले पकाएको बाबुले खान्न भन्न पाइने प्राबधान रहेको जिकिर गर्दै पिडित भनिएका मोहन सुनारले घटनालाई अतिरन्जित गरेर सामाजिक सद्भाव बिथोल्न खोजेको आक्षेप अगाएका थिए।

जातिय विभेद सम्बन्धि मुद्दामा गण्डकी प्रदेश सांसद कृष्ण थापाले जारी गरेको बिज्ञप्ति

यसैबीच स्थानीय बासिन्दा समेत रहेका गण्डकी प्रदेशका सांसद एबम सत्तारुढ नेकपा कास्की का अध्यक्ष कृष्ण थापाले साँझ एक प्रेस बिज्ञप्ति जारी गरी ‘षडयन्त्र पुर्बक पक्राउ परेका अद्नो पार्टीको पोखरा-१६ का सचिबालय सदस्य रामबहादुर जिसी र जनक थापालाई तुरुन्त रिहा गर्ने’ माग गरेका छन्।

उनले आफ्नो बिज्ञप्तिमा “प्रहरी प्रशासनसंग छलफल भैरहेका बेला केही उच्छ्रिङ्खल तत्वहरुले जातीय भेदभावको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी पार्टीका नेता तथा कार्यकर्ताहरुको षड्यन्त्रले सदियौंदेखि सामाजिक सद्भाव रहेको हाम्रो समाज धमिल्याउने प्रयास गरेको’ आरोप लागाएका छन्।  तर उनले जातीय भेदभावको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी पार्टीका नेता तथा कार्यकर्ताहरु भनेर कुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भन्न खोजेका हुन्, प्रस्ट खुलाएका छैनन्।  तर उनले सामाजिक सद्भाव खल्बलिन नदिन साबधानीपुर्वक अघि बढ्न सबैलाई आव्हान पनि गरेका छन्।

प्रदेश सांसद थापाले सोही विज्ञप्तिमार्फत प्रहरी ज्यादती तुरुन्त रोक्न र संविधान अनुसार, सबै समुदायलाई सामाजिक न्याय प्रदान गर्न सरकारसंग माग पनि गरेका छन्।


(२०७७ बैशाख २५, बिहीबार) ०४:२३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना